Tag Archives: Nepal Telecom

टेलिकमका सेवाहरुमा दशैंको छुट अफर, ६ रुपैयाँमा नै दिनभरी कुरा गर्न र डेटा चलाउन पाईने

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट सेवा दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरुमा फरक फरक छुट उपलब्ध गराएको हो । कम्पनीले अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने उल्लेख गरेको छ । यी सेवाहरुमा पाईन्छ छुट १. अनलिमिटेड प्याक- यस अफर अन्तर्गत ...

Read More »

टेलिकममा तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न आधिकारिक ट्रेड युनियनको माग

काठमाडौं । नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संघले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रियामा भइरहेको ढिलाइप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराउँदै नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको हो। टेलिकममा नेतृत्व नियुक्तीमा ढिलाइका कारण फोरजी/एलटीई तथा एफटिटिएचलगायतका प्रविधिको उचित विस्तारमा पनि ढिलाई भएको युनियनले दाबी गरेको ...

Read More »

रोल्पामा टेलिफोन सेवा अवरुद्ध, चट्याङका कारण सिष्टम जल्यो

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसंगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् ...

Read More »

नेपाल टेलिकमको मोबाइल एप नयाँ स्वरुपमा, एपबाटै प्याकेज खरिद र रिचार्ज गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ Nepal Telecom लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो वारे जानकारी प्राप्त गर्न सकिन्छ । ...

Read More »

टेलिकमको ‘वन आवर अनलिमिटेड प्याक’ योजना, १८ रुपैयाँमै जीएसएम र सिडिएमएको सेवा पाईने

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर नयाँ अफर ल्याएको छ । कम्पनीले सोमबार जेठ १४ गतेदेखि लागू हुने गरेर वन आवर अनलिमिटेड प्याक (1 hour unlimited pack) योजना ल्याएको हो । कम्पनीकाअनुसार यो प्याक प्रयोग गर्नेले केबल १८ रुपैयाँ मात्र तिरेर जीएसएम तथा सिडिएमए प्रयोगकर्ताले एक घण्टाको लागि अनलिमिटेड प्याकेज प्रयोग गर्न सक्नेछन् । जसमा कम्पनीले भ्वाइस, एसएमएस ...

Read More »

टेलिकमका डाटा प्रयोगकर्ता १ करोड १ लाख नाघ्यो, फोरजी सेवा लिनेको संख्या साढे ५ लाख

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको गत वर्षको चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार रहेका छन् । जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार ...

Read More »

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु ...

Read More »

टेलिकमका प्रिपेड ग्राहकले ४० रुपैयाँसम्म सापटी पाउने, यसरी गर्नुहोस सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि टेलिकमले सो सेवा शुरु गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुरु गरे । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै ...

Read More »

नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन ग्राहकहरुलाई शुक्रबारदेखि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउने नमस्ते क्रेडिट सेवा शुरु गर्न लागेको हो । टेलिकमले माघ २२ गते चौधौं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’को सफ्ट लञ्च गरेको भएपनि सेवा शुरु गर्न समय लाग्ने जानकारी दिएको थियो । अब भने शुक्रबारदेखि ग्राहकहरुले सो ...

Read More »

गोरखाको गमलाडाँडा र ल्हो गाउँमा टेलिकमको मोबाइल सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, ...

Read More »