एप्लिकेसन

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
Global IME Bank

खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ।

डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको हो। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।

जय मिडिया म्यानेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्।

खल्तीका चिफ अपरेटिङ अफिसर पुष्पराज न्यौपानेले भने, “यस सहकार्यबाट दर्शकलाई टिकट खरिदको सहज डिजिटल अनुभव तथा पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रका कार्यक्रमहरूमा डिजिटल सेवाको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”
छ।

Sajilo Visa
easy care