एप्पल वर्ल्डको ‘अफरभित्र पनि मेगा अफर’, बम्पर उपहारमा आर वान फाइभ बाइक

Technology Khabar १ आश्विन २०७४, आईतवार

एप्पल वर्ल्डको ‘अफरभित्र पनि मेगा अफर’, बम्पर उपहारमा आर वान फाइभ बाइक

काठमाडौं ।

काठमाडौं, १ असोज । नेपालीहरूको महान् पर्व बडादशैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’ को योजना ल्याएको छ ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्ने छन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक जनाले ‘आर वान फाइभ बाइक’, एक जनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने कम्पनीले दाबी गरेको छ ।

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् ।

हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

Global Bank
easy care

प्रकाशित: १ आश्विन २०७४, आईतवार

ताजा समाचार