एमआइ फोनको एक्सचेन्ज योजना, पुरानो फोन साटेर एमआइ फोन लिन सकिने

Technology Khabar १९ भाद्र २०७४, सोमबार

एमआइ फोनको एक्सचेन्ज योजना, पुरानो फोन साटेर एमआइ फोन लिन सकिने

काठमाडौं ।

काठमाडौं, १९ भदौ । एमआइ फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रा.लि.ले दशैं अगावै ग्राहकहरुको फोन प्रतिको लगाव र सुरक्षालाई मध्यनजर गर्दै मोवाईल केयरसँग सहकार्य गरी सुनधारास्थित सिटिसी मलको भूईतल्लामा महापर्वको एक्सचेन्ज योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकहरुले पुरानो जुनसुकै व्रान्डको फोन सेट ल्याई उचित मूल्याङ्कनबाट एमआइको नयाँ सेट लिन सक्नेछन् ।

यो योजनाबाट ग्राहकरुले बिभिन्न लाभ उठाउन सक्नेछन् जसअन्र्गत २ वर्षको वारेन्टी, १ वर्षको निशुल्क बीमा, शुन्य प्रतिशत व्याजदरमा मासिक किस्ताबन्दी, निशुल्क टेम्पर्ड ग्लास तथा पछाडीको कभर साथै हिराको सेट खरिद गर्दा १० हजार  रुपैयाँ बराबरको छुट र एमआइ फोनको निशुल्क स्वास्थ्य परिक्षण आदि पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना भाद्र १६ गते देखि भाद्र २४ गते सम्म लागू हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १९ भाद्र २०७४, सोमबार