टेलिकमको जिएसएम मोबाइल सेवा चीनको सिमानासम्म पुग्यो

Technology Khabar १९ भाद्र २०७४, सोमबार

टेलिकमको जिएसएम मोबाइल सेवा चीनको सिमानासम्म पुग्यो
फाइल

काठमाडौं ।

काठमाडौं, १९ भदौ । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराएको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ ।

यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए ।

चेपेडाँडाको बिटिएस साइट सञ्चालन पश्चात सिन्धुपाल्चोक जिल्लाका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको टेलिकमले जानकारी दिएको छ ।

सो क्षेत्रमा पहिलेदेखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने भएका छन् । अब सो क्षेत्रका वासिन्दाले जिएसएम मोबाइलबाट डाटा सेवा चलाउन र फोन गर्न समेत सक्ने छन् ।

गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ भाद्र २०७४, सोमबार

ताजा समाचार