Tag Archives: Apple inc.

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो । ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यबान कम्पनीको सूचीको रिपोर्टअनुसार कम्पनीले सन् २०२० मा आफ्नो मूल्यलाई १८ प्रतिशतले अघिल्लो वर्षको तुलनामा वृद्धि गरेको छ र यो वर्ष अमेजनको मूल्य २२०.८ अर्ब डलर ...

Read More »

एप्पलका सिईओले सन् २०१९ मा साढे १२ करोड डलर कमाए, २० लाख डलर बराबरको शेयर दान

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कति कमाउँछन भन्ने सबैको चासो हुँदै आएकोछ । विश्वको सबैभन्दा मूल्यबाट कम्पनीको रुपमा रहेको एप्पलका प्रमुख व्यक्ति कुकले एप्पललाई नेतृत्व दिँदै आएका छन् । कम्पनीले पनि उनको काम र योगदानलाई ध्यानमा राखेर आफ्ना सिईओलाई सन् २०१९ मा वार्षिकरुपमा ३० लाख अमेरिकी डलर तलबको रुपमा मात्रै दिएको छ । यो बाहेक उनले कम्पनीबाट अन्य ...

Read More »

एप्पलले सन् २०२० मा दुईवटा सस्तो मूल्यका बजेट आइफोन लन्च गर्नसक्ने

काठमाडौं । एप्पलले आफ्नो आइफोन एसईको नयाँ अपग्रेड भर्सनमा काम गरिरहेको रिपोर्टहरु आईरहेका छन् । कम्पनीले यो बजेट आइफोनको रुपमा ल्याउने आइफोन एसईको अपग्रेड यहि मार्च २०२० मा लन्च हुने अपेक्षा गरिएको छ । कम्पनीले यसबाहेक पनि सस्तो आइफोन लन्च गर्ने योजना लिएको नयाँ रिपोर्टआएको छ । हालै आएको नयाँ रिपोर्टअनुसार एप्पलले संभवत दुईवटा मोडलका आइफोन एसई २ सार्वजनिक गर्नेछ ...

Read More »

स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

काठमाडौं । एप्पलले आगामी ५ वर्षभित्र स्याटेलाइटबाट सिधै तपाईँको आइफोनमा डाटा पठाउन सक्नेछ । कम्पनीले यहि लक्ष्यसाथ स्याटेलाइट टेक्नोलोजीमा काम गरिरहेको छ । स्याटेलाइट टेक्नोलोजीमा काम गर्नका लागि कम्पनीले कयौं अन्तरिक्ष विज्ञानका इन्जिनियरहरु नियुक्त गरिरहेको छ । यसको लागि हार्डवेयर, सफ्वटेयरमा दक्ष इन्जिनियरहरुसमेत राखेर आइफोन र अन्य कन्जुमर प्रडक्टहरुमा डाटा ट्रान्सफर गर्ने नयाँ तरिका पत्ता लगाउन खोजिरहेको छ । हाल ...

Read More »

८० लाख रुपैयाँ पर्ने एप्पलको आइफोन ११ प्रो किन्ने हो ? यस्तो छ यसको विशेषता

काठमाडौं । एप्पलले केहि महिना अघि सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको चर्चा अझैपनि हुँदैछ । एप्पलले नयाँ फीचर र डिजाइनसहित सार्वजनिक गरेको आइफोन ११ सिरिजले बजारमा राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ । एप्पलले आइफोनको मूल्य महंगो राख्ने गरेपनि यो पटक सस्तो आइफोनको मूल्य अनपेक्षितरुपमा घटाएको थियो , जसले गर्दा बिक्री बढाउन समेत सहयोग गरेको रिपोर्ट आईरहेको छ । तर ...

Read More »

मूल्यबान कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा, सूचीमा १० मध्ये ५ वटा टेक्नोलोजी कम्पनीहरु

काठमाडौं । अमेरिकी टेक कम्पनी फेरी एक पटक विश्वको मूल्यवान कम्पनीको सूचीमा परेको छ । हालै विभिन्न कम्पनीहरुको ब्राण्ड मूल्यको विश्लेषण गरेर सूची प्रकाशन गर्ने अन्तराष्ट्रिय संस्था इन्टरब्राण्डले सार्वजनिक गरेको सूचीअनुसार एप्पल विश्वको मूल्यबान ब्राण्डको रुपमा पहिलो नम्बरमा रहेको छ । यो वर्षको मूल्यबान ब्राण्डको रुपमा पर्न सफल भएसँगै एप्पल निरन्तर सातौं वर्षसम्म मूल्यवान कम्पनीको सूचीमा पहिलो नम्बरमा रहन सफल ...

Read More »

एप्पल फेरी विश्वको मूल्यवान टेक कम्पनी बन्न सफल, माइक्रोसफ्टलाई उछिन्दै पहिलो स्थानमा

काठमाडौं । हालै सार्वजनिक भएको आइफोन ११ सिरिजसँगै एप्पल फेरी मूल्यबान कम्पनी बन्न सफल भएको छ । आइफोन ११ को बजार मागमा भएको वृद्धिसँगै एप्पलले माइक्रोसफ्टलाई उछिनेर ट्रिलियन डलर कम्पनी हुन सफल भएको हो । अमेरिकी टेक कम्पनी एप्पलले माइक्रोसफ्टभन्दा माथि १.०७ ट्रिलियन डलर मार्केक क्यापिटलाइजेसनसहित मूल्यबान कम्पनी भएको हो । अमेरिका चीन व्यापार युद्धको सकारात्मक समाचार आएसँगै एप्पलको स्टक ...

Read More »

एप्पलले साझेदारसँग मिलेर भारतमा १ बिलियन डलर लगानी गर्ने, आइफोन उत्पादन तिब्र बनाउने

काठमाडौं । टेक कम्पनी एप्पलले भारतमा आफ्नो लगानीलाई बढाउने भएको छ । यसको लागि कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर १ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो । एप्पलले भारतमा आइफोनको उत्पादनलाई तिब्रगतिमा अगाडि बढाउने गरेर आफ्नो लगानी बिस्तार गर्न लागेको हो । कम्पनीले चीनपछि आफ्नो म्यानुफ्याक्चरिंगलाई भारतमा बिस्तार गर्दैछ । यसअघि एप्पलले भारतमा विदेशी कम्पनीहरुलाई रिटेलमा पनि लगानी गर्न ...

Read More »

यूरोपेली आयोगको कर तिर्ने आदेश विरुद्ध एप्पलद्धारा कानूनी चुनौती, १३ बिलियन यूरोको विवाद

काठमाडौं । विश्वको मूल्यबान टेक कम्पनी एप्पलले यूरोपेली आयोगलाई करको विषयमा जरिवाना लगाउने कानूनी चुनौती दिने भएको छ । एप्पललाई हालै यूरोपेली आयोगले १३ बिलियन यूरो करछलिको आरोपमा तिर्न भनेको थियो । एप्पल आयरल्याण्डमा भएको आफ््नो कारोबारमा कर लगाउने विषयमा यूरोपेली संघले सो रकम तिर्न भनेको हो । कम्पनीले सो विषयमा लग्जेम्बर्गमा यूरोपेली यूनियनको दोस्रो उच्च अदालतमा हुने सुनुवाईका लागि ...

Read More »

एप्पलको इभेन्ट अगाडि डाउनभयो एप्पल स्टोर, आज राती आइफोन ११ सिरिज लन्च हुँदै

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो आधिकारिक वेबसाइट डाउन गरेको छ । कम्पनीको एप्पल स्टोर आजको इभेन्ट अगाडि अस्थाईरुपमा डाउन भएको हो । एप्पले आफ्नो नयाँ डिभाइसहरु लन्च गर्नुभन्दा अगाडि सँधै यसरी आफ्नो वेबसाइट एप्पल स्टोर अपडेटका लागि डाउन गर्ने गर्दछ । कम्पनीले आज बेलुका नै नयाँ मोडलका आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक ...

Read More »