एप्पलले वर्डप्रेससँग माफी माग्यो, एप स्टोरमा निःशुल्क उपलब्ध रहेको एपलाई सःशुल्क नबनाईने

Technology Khabar ८ भाद्र २०७७, सोमबार

एप्पलले वर्डप्रेससँग माफी माग्यो, एप स्टोरमा निःशुल्क उपलब्ध रहेको एपलाई सःशुल्क नबनाईने

काठमाडौं ।

एप्पलले वर्डप्रेससँग माफी माग्दै निःशुल्क रहेको एपलाई सशुल्क एपमा नराखिने बताएको छ ।

गत शुक्रबार वर्डप्रेसका संस्थापक डेभलपर म्याट मुलेनवेगले ट्विटरमा एप्पलले विश्वभर निशुल्क प्रयोग हुँदै आएको आफ्नो वर्डप्रेस एपलाई एप्पल एप स्टोरमा इन-एप पर्चेजमा राख्न दबाब दिएको पोष्ट सार्वजनिक गरेसँगै सो बारेमा चर्चा शुरु भएको थियो ।

तर सो घट्नापछि एप्पलले सो बारेमा माफी माग्दै वर्डप्रेससँगको विवाद समाधान भएको बताएको छ । वर्डप्रेसका डेभलपरले एपबाट पेमेन्ट अप्सन हटाएसँगै यो पुरै निशुल्क एप भएको एप्पलले बताएको छ ।

कम्पनीले यो बारेमा डेभलपरलाई समेत जानकारी दिएको र यस बारेमा सिर्जना गरेको समस्याको लागि माफी समेत मागेको दि भर्जको रिपोर्टमा उल्लेख छ ।

एप्पलले यसरी बिरलै माफी माग्ने गरेको छ ।

यसअघि वर्डप्रेसले आफ्नो निशुल्क एपमा इन-एप पर्चेज सिस्टम राख्न बाध्य भएको र त्यसो नहुँदा एप्पलको एप स्टोरमा एप अपडेट गर्न एप्पलले नदिएको बताएको थियो । त्यसपछि कम्पनीले केहि आफ्ना प्रिमियम प्लानलाई रकम तिर्नुपर्ने गरि एपमा समावेश गरेको थियो ।

यो पनि हेर्नुस्-

वर्डप्रेसका संस्थापकको आरोप- एप्पललाई ३० प्रतिशत नदिँदा निशुल्क एपको अपडेट रोकियो

easy care

प्रकाशित: ८ भाद्र २०७७, सोमबार