एप्पलले एयरट्याग्स र एयरपड्स स्टूडियो छिटै लन्च गर्नसक्ने

Technology Khabar ८ कार्तिक २०७७, शनिबार

एप्पलले एयरट्याग्स र एयरपड्स स्टूडियो छिटै लन्च गर्नसक्ने

काठमाडौं ।

एप्पलले भर्खर आईफोन १२ सिरिज लन्चगरेको छ। पहिले एप्पल वाच ६ र नयाँ आईप्याड सार्वजनिक भएको थियो। अब कम्पनीले चाँडै नै एयरट्याग लन्च गर्नसक्ने अनुमान गरिएको छ ।

वास्तवमा, केहि समय पहिले एप्पल आईफोन १२ श्रृंखलाका साथ एयरट्यागहरू पनि लन्च हुने रिपोर्टहरू आईरहेका थिए तर त्यस्तो भएन।

रिपोर्टका अनुसार यी एयरट्याग्स एप्पल उपकरण ट्र्याकिङ्ग एक्सेसरीजको रूपमा सुरूवात हुनेछ। एप्पल डिभाइसका साथ यो संलग्न गरेर ट्र्याकिंग गर्न सकिन्छ।

लोकप्रिय टिपस्टर जोन प्रोसेसर र विश्लेषक मिंग ची कुओका अनुसार यस वर्ष नै एप्पल एयरट्यागहरू लन्च हुन सक्नेछन्।

एप्पल नोभेम्बरमा एक विशेष कार्यक्रम आयोजना गर्दैछ र सो इभेन्टमा नै कम्पनीले एयरपड्स स्टुडियो हेडफोन र एयर ट्यागहरू लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि कम्पनीले यस बारेमा अझसम्म केही भनेको छैन, तर हालै एक प्याटेन्ट बाहिर आएको छ। जसअनुसार एयरट्याग एक डिभाइस हुनेछ जसमार्फत डिभाइसलाई ट्र्याक गर्न सकिन्छ।

यो ट्याग वाटरप्रुफ हुनेछ र यसले एप्पलको फाईण्ड माइ एपसँग कनेक्ट भएर काम गर्दछ। प्याटेन्टका अनुसार, त्यहाँ एयरट्यागमा माउन्ट गर्न अप्सन हुनेछ। यस अन्तर्गत, यसलाई फोन वा अन्य उपकरणबाट माउन्ट गरेर चलाउन सकिन्छ। एजेन्सी

easy care

प्रकाशित: ८ कार्तिक २०७७, शनिबार