एपिक गेम्सद्वारा एप्पलका विरुद्ध बेलायतको नियमनकारी निकायमा उजुरी

Technology Khabar १८ चैत्र २०७७, बुधबार

एपिक गेम्सद्वारा एप्पलका विरुद्ध बेलायतको नियमनकारी निकायमा उजुरी

काठमाडौं ।

फोर्टनाइट निर्माता एपिक गेम्सले मंगलबार बिहान बेलायतको प्रतिस्पर्धा नियामकसँग एप्पल इंकको प्रतिस्पर्धा विरोधी व्यवहारमा भईरहेको छानबिनको समर्थनमा उजुरी गरेको छ।

बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण(UK Competition and Markets Authority ) ले यस महिनाको सुरूमा एप विकासकर्ताहरूको लागि आईफोन निर्माताको नियम र शर्तहरु अनुपयुक्त भएको गुनासो पछि एप्पलको विरुद्धमा अनुसन्धान शुरु गरेको बताएको छ।

एप्पलको एप्प स्टोरसँग सम्बन्धित भुक्तानी नीतिहरूले एप विकासकर्ताहरूबाट लामो समयसम्म गुनासोहरू आईरहेको थियो । जसमा उनीहरूले यसको भुक्तानी प्रणाली प्रयोग गर्न आवश्यक छ र त्यस बापत कम्पनीले १५ देखि ३० प्रतिशत बीचमा कमिशन चार्ज गर्दछ।

एप भुक्तानी कमिशनको विवाद पछिल्लो वर्ष आएसँगै एपिक र एप्पलबिच विश्वभर धेरै मुद्दा चलेका छन्।

खेल निर्माताले एप्पल एप स्टोरमा लाग्ने ३० प्रतिशत शुल्कको विरुद्धमा आफ्नै भुक्तान प्रणाली सुरू गरेर एप स्टोरको शुल्क बेवास्ता गर्न कोसिस गरेपछि एप्पलले फोर्टनाइटलाई प्रतिबन्ध लगाएको थियो।

एप्पिक गेम्सका संस्थापक तथा एप्पलका नीतिहरूका खरो आलोचक प्रमुख कार्यकारी टिम स्वीनीले भने, ‘यसको अभ्यासले उपभोक्ताहरूको लागि कृत्रिम रूपमा लागत बढाउँछ, र विकासकर्ताहरूको बीचमा आविष्कार रोक्दछ।’

यसअघि एपिकले एप्पलका विरुद्धमा अमेरिकाका साथै अष्ट्रेलिया र यूरोपेली आयोगमा पनि उजुरी दिएकोछ । रोयटर्स

easy care

प्रकाशित: १८ चैत्र २०७७, बुधबार