Technology Khabar ९ भाद्र २०७७, मंगलवार
काठमाडौं ।
विश्वको मूल्यवान कम्पनी कुन हो भनेर सोधेमा आईफोन बनाउने कम्पनी एप्पल भनेर चिनिने गर्दछ।
हालै एप्पल २ ट्रिलियन डलर बजार मूल्य हुने विश्वको दोस्रो कम्पनी बनेको छ र अहिले त यो बजारमा २ ट्रिलियन डलर हुने एक मात्र कम्पनी हो ।
विश्वका धनी र ब्राण्डहरुको बारेमा सूची सार्वजनिक गर्ने फोर्ब्सले हालै सार्वजनिक गरेको सन् २०२० को मूल्यबान ब्राण्डमा पनि एप्पल पहिलो स्थानमा रहेको छ ।
एप्पलसहित प्रमुख ५ को सूचीमा प्रविधिको क्षेत्रमा सक्रिय कम्पनीहरु मात्र छनभने टप १० मध्ये ६ वटा कम्पनी प्रविधि क्षेत्रका छन् ।
सूचीमा एप्पलको ब्राण्ड मूल्य २ लाख ४१ हजार २०० प्रतिशतसहित पहिलो स्थानमा रहेको छ जसको ब्राण्ड आम्दानी २६०.२ बिलियन डलर रहेको छ ।
त्यसैगरि दोस्रो मूल्यबान कम्पनीमा गूगल रहेको छ जसको ब्राण्ड आम्दानी १४५.६ बिलियन डलर तोकिएको छ । तेस्रो स्थानमा रहेको माईक्रोसफ्टको ब्राण्ड आम्दानी १२५.८ बिलियन डलर रहेको छ भने ईकमर्श कम्पनी अमेजन २६०.५ बिलियन ब्राण्ड आम्दानीसहित चौथो स्थानमा रहेको छ । अमेजनको ब्राण्ड भ्यालू १ लाख ३५ हजार ४०० प्रतिशत तोकिएको छ ।
सोशल मिडिया कम्पनी फेसबुकले भने यो वर्ष आफ्नो ब्राण्ड भ्यालू २१ प्रतिशतले गुमाउँदै पाचौं स्थानमा रहेको छ जसको ब्राण्ड आम्दानी ४९.७ बिलियन डलर रहेको छ ।
त्यसैगरि सूचीको ८ औं स्थानमा रहेको सामसंगले पनि आफ्नो ब्राण्ड भ्यालू ५ प्रतिशतले गुमाउँदै ५० हजार ४०० प्रतिशत ब्राण्ड भ्यालू पाएको छ । यसको ब्राण्ड आम्दानी २०९.५ बिलियन डलर रहेको सूचीमा उल्लेख छ ।
फोर्ब्सकाअनुसार यो बर्ष ब्राण्ड भ्यालू सबैभन्दा धेरै बढाउन सफल भएका कम्पनीहरुमा नेटफ्लिक्सको ७२ प्रतिशत, च्यानलको ४२ प्रतिशत, अमेजनको ४० प्रतिशत, माइक्रोसफ्टको ३० प्रतिशत र पेपालको २४ प्रतिशत रहेको छ ।
त्यस्तै यो वर्ष ब्राण्ड भ्यालू सबैभन्दा धेरै गुमाउने कम्पनीको पहिलो स्थानमा फेसबुक रहेको छ। फेसबुकले यो एक वर्षमा २१ प्रतिशत ब्राण्ड भ्यालू गुमाएको छ भने त्यसपछि वेल्स फार्गो, मर्सिडिज बेन्ज, फोर्ड र जीई कम्पनी रहेका छन् ।
प्रकाशित: ९ भाद्र २०७७, मंगलवार