फोर्टनाइट निर्माता एपिक गेम्सद्धारा एप्पल र गूगल विरुद्ध मुद्धा, एप स्टोरमा एकाधिकार गरेको आरोप

Technology Khabar ३० श्रावण २०७७, शुक्रबार

फोर्टनाइट निर्माता एपिक गेम्सद्धारा एप्पल र गूगल विरुद्ध मुद्धा, एप स्टोरमा एकाधिकार गरेको आरोप
फाइल

काठमाडौं ।

फोर्टनाइट गेमको निर्माता कम्पनी एपिक गेम्सले एप्पलले आफ्नो एप स्टोरबाट प्रतिबन्धित भएपछि एप्पलको विरुद्धमा कानूनी कारबाहीमा गएको छ । एप्पलले स्टोरबाट प्रतिबन्ध लगाएको केही घण्टा पछि नै एपिक गेम्सले एप्पलको विरुद्ध त्यस्तै कारबाही गरेको हो ।

एप्लिकेसनले उनीहरूको भुक्तानी प्रणालीलाई बाइपास गरेपछि एप्पल र गूगल दुबैले चर्चित र लोकप्रिय खेललाई उनीहरूको एप्स स्टोरबाट हटाइदिएका थिए । एपिकले तिनीहरूलाई बिक्रीको हिस्सा नदिनका लागि उनीहरुलाई बाईपास गरेको थियो।

दुबै प्लेटफर्मले तिनीहरूका एप स्टोरहरूमा खरीदहरूको आधारमा ३० प्रतिशत हिस्सा लिने गर्दछन्।

गूगलले भन्यो कि यसले खुला प्रणाली चलाउँछ र फोर्टनाइटलाई यसको आधिकारिक एप स्टोरमा फिर्ता ल्याउने काम गर्नेछ।

एन्ड्रोइड फोनमा, गुगल प्ले बाहेक अन्य एप स्टोरहरू उपलब्ध छन्, त्यसैले यसले एपिक गेम्सको आफ्नै लन्चर एप र सामसग ग्यालेक्सी एप स्टोरबाट फोर्टनाइट स्थापना गर्न सम्भव छ । तर एप्पलको प्रणालीमा भने यो संभावना छैन् ।

फोर्टनाइटको पछिल्लो अपडेटले यस गेमका सबै खेलाडीहरूलाई यसको इनगेम पर्चेज मुद्रा वीबक्समा २० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ। तर त्यसको लागि यदि उनीहरूले एप्पल वा गूगलको भुक्तान प्रणालीहरू प्रयोग नगरीकन नै एपिक गेम्सको लागि भुक्तान गर्नुपर्नेछ।

कम्पनीको नयाँ नियमले दुबै स्टोरहरूद्वारा लागू गरिएको नियम तोडेको थियो।

यस लगत्तै एप्पलले आफ्नो स्टोरबाट एपलाई हटाईदिएको थियो र नयाँ गेमरले समेत इन्स्टल गर्न नपाउने गरि हटाएको थियो ।

कम्पनीको लागि एप्पलको यो कदम पूर्व अपेक्षित थियो भने यसको विरुद्धमा तत्काल कदम चाल्दै विरोध गरेको थियो ।

एपिकले एप्पलको एप स्टोरको विरुद्ध कानूनी कारबाहीमा जाने जानकारी दिएको थियो भने अल आउट क्याम्पेन चलाएको छ ।

त्यसको केहि समयपछि नै गूगलले पनि सो एप हटाएको थियो ।

कम्पनीले एप्पलको विरुद्ध कानूनी कारबाहीका लागि क्यालिफोर्निया राज्यको अदालतमा जाँदै एप्पलले एकाधिकार कायम गरेको आरोप लगाएको छ । यसका साथै कम्पनीले गूगलका विरुद्धमा समेत मुद्धा दायर गरेको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

ताजा समाचार