एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्स आज हुँदै, यसरी हेर्न सकिनेछ लाइभ कार्यक्रम

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्स आज हुँदै, यसरी हेर्न सकिनेछ लाइभ कार्यक्रम

काठमाडौं ।

एप्पलको दोस्रो सबै भर्चुअल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२१ (‘डब्ल्यूडब्ल्यूडीसी २१’) सोमबार जून ७ तारिख अर्थात आज  आयाेजना हुँदैछ । कम्पनीले यो कार्यक्रम अमेरिकाको स्थानीय समयअनुसार बिहान १० बजे शुरु गर्नेछ र नेपाली समयअनुसार राती १०ः४५ बजे शुरु हुनेछ ।

हामी ‘डब्ल्यूडब्ल्यूडीसी २१’ मा आईओएस १५, वाचओएस ८, म्याकओएस १२, र अन्य धेरै विषयहरु सार्वजनिक हुने र नयाँ हार्डवेयर अनावरण हुने आशा गरिरहेका छौं।

आईफोन, आईप्याड, म्याक, एप्पल टिभी, र वेबमा कुनै पनि डिभाइसमार्फत एप्पलको डब्ल्यूडब्ल्यूडी २१ हेर्न सकिनेछ ।

डब्ल्यूडब्ल्यूडीडी २० जस्तै यस पटक पनि कोरोना महामारीकाबिचमा एप्पलले डब्ल्यूडब्ल्यूडीसी २१ सबै अनलाइनमा गर्ने भएको हो यसको अर्थ व्यक्तिगतरुपमा छलफल र सम्बन्ध बढाउन नसकिने भएपनि यसको ठूलो फाइदा भनेको भाग लिन सक्ने व्यक्तिहरूको लागि सीमा तोकिएको छैन। जो कोहीले पनि ‘डब्ल्यूडब्ल्यूडीसी २१’ मा जान सक्नेछन् र २०० भन्दा धेरै डेभलपरहरु सहभागी हुने सत्रहरू जहाँ एप्पल इञ्जिनियरहरू, एप्पल विकासकर्ता फोरमहरू, र वान टू वान डेभलपर ल्याबहरू तयार रहेका छन् ।

यस वर्षको लागि एप्पल इञ्जिनियरहरू र डिजाइनरहरूसँग भेटघाट गर्न र च्याट गर्नका लागि नयाँ डिजिटल लाउन्ज तयार पारिएका छन् साथ साथै डब्ल्यूडब्ल्यूडीसीमा हुने सबै कुरालाई जारी राख्न एप्पल विकासकर्ता एपमा नयाँ “प्याभेलिएन्स” फिचर राखिएको छ ।

यसरी हेर्न सकिने छ लाइभ इभेन्ट:

तपाईँले यो इभेन्ट नेपाली समयअनुसार राती राती १०ः४५ बजेदेखि कुनैपनि डिभाइसमार्फत कम्पनीको विशेष इभेन्ट वेबसाइटमा हेर्न सक्नुहुनेछ ।

त्यसैगरि यो कार्यक्रम एप्पलका डिभाइसहरु आईफोन, आईप्याड, म्याकबुक, एप्पल टिभीबाट एप्पल डेभलपर एपमार्फत हेर्न सक्नुहुनेछ ।

तपाईँसँग भएका कुनैपनि सपोर्ट गर्ने एप्पल टिभी एपमार्फत हेर्न सकिनेछ ।

यस बाहेक तपाईँले सिधै एप्पलको युट्युब च्यानलमार्फत पनि लाइभ हेर्न सक्नुहुनेछ ।

 

easy care

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार