एप्पलले आईफोन १२ सिरिजका ८ करोड ५जी आईफोन उत्पादन गर्दै

Technology Khabar २१ भाद्र २०७७, आईतवार

एप्पलले आईफोन १२ सिरिजका ८ करोड ५जी आईफोन उत्पादन गर्दै
Global IME Bank

काठमाडौं ।

५जी कमर्सियल हिसाबले बजारमा आएको १८ महिनापछि एप्पलले आफ्नो पहिलो ५जी स्मार्टफोन ल्याउन लागेको हो।

यसभन्दा अगाडि बजारमा सामसङ ह्वावे, शाओमी लगायत कम्पनीका थुप्रै मोडेलका ५जी स्मार्टफोन उपलब्ध छन्। तर एप्पलका ग्राहक छुट्टै हुने भएकाले विश्वभर थुप्रै ग्राहक प्रतीक्षामा रहेको आकलन गरेर एप्पलले ५जी स्मार्टफोन सार्वजनिक गर्ने भएको हो।

पछिल्लो आंकलन अनुसार एप्पलको आईफोन १२ सिरिज कमसेकम चार मोडलमा आउनेछन् पछिल्लो प्रतिवेदनअनुसार एप्पलले ७५ देखि ८० मिलियन ५जी स्मार्ट फोन बनाउन उत्पादकहरुको खोजी गरिरहेको छ।

एक वर्षभित्र सप्लायरहरुले यदि धेरै फोन उत्पादन गरेर दिन सक्छन् कि सक्दैनन् भन्ने संविधान आउँछ एप्पलले अक्टोबरको अन्त्यमा एक कार्यक्रममार्फत् आईफोन १२ का मोडलहरू सार्वजनिक गर्दैछ त्यस कार्यक्रममा एप्पल वाच सिरिज ६ पनि सार्वजनिक हुनेछ।

सेप्टेम्बरमा हुने नियमित कार्यक्रममा भने उसले नयाँ आइप्याड सिरिज सार्वजनिक गर्ने बुझिएको छ।

डिजी टाइम्सको नयाँ रिपोर्टअनुसार एप्पलको आईफोन १२ मा अटेमोटिभ इन्डस्ट्रीमा प्रयोग हुने लाईडार (लाइट डिटेक्शन एण्ड रेञ्जिङ) लेजर सेन्सर प्रयोग हुने बताइएको छ। यसलाई एप्पलले २०२० को आईप्याड प्रोमा प्रयोग गरिसकेको छ।

एक प्रतिवेदनका अनुसार एप्पलले यो वर्ष आईफोन १२ को ४ वटा मोडल सार्वजनिक गर्नेछ। तिनीहरु ५।४ इञ्चको बजेट मोडेल, ६।१ इञ्चको आईफोन १२ प्लस, ६।१ इञ्चको आईफोन १२ प्रो र ६।८ इन्चको प्रो म्याक्स हुने र यी सबैमा ओएलईडी डिस्प्ले रहनेछन् भने सबैले ५जी सपोर्ट गर्नेछन्।

यिनीहरु एप्पलका पहिलो ५जी स्मार्टफोन हुनेछन्। यीमध्ये सबैभन्दा सस्तो मोडेलमा पछाडिपट्टि दुईवटा क्यामरा र ४ जीबी र्‍याम रहनेछ भने बाँकी प्रो पछाडिपट्टि तीनवटा क्यामेरा, ६ जीबी र्‍याम तथा प्रो मोशन डिस्प्ले रहनेछ। एजेन्सी

Sajilo Visa

प्रकाशित: २१ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार