एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २६ हजार भन्दा बढी गेमिङ्ग एप्स हटायो

Technology Khabar १९ श्रावण २०७७, सोमबार

एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २६ हजार भन्दा बढी गेमिङ्ग एप्स हटायो

काठमाडौं ।

एप्पल इंकले चिनियाँ एप्प स्टोरबाट २९ हजार ८०० भन्दा बढी अनुप्रयोगहरु हटायो, जसमध्ये २६ हजार भन्दा बढी अनुप्रयोग गेमिंगका लागि छन्।

चीनको एक अनुसन्धान फर्म क्यूमाईले आफ्नो एक रिपोर्टमा यस बारेमा जानकारी दिएको छ।

एप्पलको यो कारबाही चिनियाँ नियामक निकायद्वारा इजाजत नदिई संचालनमा रहेका एप्स (अनुप्रयोगहरू) को बारेमा हो।

यद्यपि यस विषयमा एप्पलले अहिलेसम्म कुनै सूचना सार्वजनिक गरेको छैन्।

यस वर्षको फेब्रुअरीमा, एप्पलले पब्लिसनहरूलाई स्थानीय सरकारबाट जारी गरिएको इजाजतपत्र नम्बरका बारे जानकारी दिनको लागि जूनसम्म म्याद दिएको थियो ताकि प्रयोगकर्ताहरूले इन-एप खरीदको सुविधा पाउन सकुन्।

चीनको एन्ड्रोइड एप स्टोरले यी नियमहरू धेरै पहिलेदेखि पालना गरिरहेको छ। यद्यपि, यो अझै स्पष्ट छैन किन एप्पल यस वर्ष नियम पालनाका लागि कडा बनेको छ।

जुलाईको पहिलो हप्तामा स्मार्टफोन निर्माता कम्पनीले आफ्नो एप स्टोरबाट २५०० भन्दा बढी शीर्षकहरू हटाएको थियो।

लामो समयदेखि चिनियाँ सरकारले चीनमा गेमिग उद्योगमा कडा नियमहरू लागू गर्न जोड दिइरहेको छ ताकि संवेदनशील जानकारी र सामग्रीलाई रोक्न सकियोस्।

एपमा हुने इनएप पर्चेजको लागि स्वीकृति प्रक्रिया धेरै जटिल छ। एजेन्सीका साथ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ श्रावण २०७७, सोमबार

ताजा समाचार