Technology Khabar २४ भाद्र २०७७, बुधबार
काठमाडौं ।
एप्पल इंकले एपिक गेम्स इंकलाई नै उल्टै मुद्धा हालेको छ । कम्पनीले काउन्टर कानूनी कारबाहिको माग गर्दै सफ्टवेयर डेभलपरलाई नक्कल गरेको र गलत कार्य गरेको भन्दै मुद्धा हालेको हो ।
यसअघि एपिक गेम्सले आईफोन निर्माता कम्पनीको एप स्टोरमा भेदभाव हुने गरेको र कम्पनीले अत्यधिक मुनाफा लिने गरेको भन्दै मुद्धा दायर गरेकोमा हाल एप्पले उल्टै एपिकलाई मुद्धा हालेको हो ।
यसका साथै एपिकले गूगललाई पनि सोहि किसिमको मुद्धा हालेको थियो । जसमा एपिक गेम्सको लोकप्रिय भिडियो गेम फोर्टनाइटलाई उनीहरुको एप मार्केटप्लेसबाट हटाएको भन्दै कानूनी कारबाहीको माग गरेको थियो ।
जसमा दुबै कम्पनीहरुले बजार एकाधिकार कायम गरेको आरोप लगाईएको थियो ।
मंगलबार दर्ता गरिएको अदालति फाइलमा एप्पलले आफनो कारबाहीको प्रतिरक्षा गर्दै संघिज न्यायाधिशलाई क्षति रोक्न दण्ड जरिवाना गर्न माग गरिएको छ भने एपिकले माग गरेको विषयलाई प्रतिबन्ध लगाउन भनिएको छ । एजेन्सी
प्रकाशित: २४ भाद्र २०७७, बुधबार