नक्कली एयरपड्सबाट एप्पल हैरान, अमेरिकामा मात्र ३.२ अर्ब डलर बराबरको घाटा

Technology Khabar ३ श्रावण २०७८, आईतवार

नक्कली एयरपड्सबाट एप्पल हैरान, अमेरिकामा मात्र ३.२ अर्ब डलर बराबरको घाटा

काठमाडौं ।

यदि तपाइँ सोच्नुहुन्छ कि कुनै पनि कम्पनीको नक्कली उत्पादन नेपाल जस्ता देशहरुमा धेरै पाइन्छ भने त्यो सहि होईन् । आईफोन निर्माता एप्पल यसको सबैभन्दा लोकप्रिय डिभाइस एयरपड्सको नक्कली उत्पादनबाट हैरान छ।

हैरान मात्र होइन, अमेरिकामा नक्कली एयरपड्सको बिक्रीका कारण मात्रै कम्पनीले लगभग ३.२ अर्ब डलरको घाटा हुने अपेक्षा गरिएको छ।

‘द इन्फर्मेशन’ को एक रिपोर्टले खुलासा गरेअनुसार अमेरिकामा नक्कली एयरपडहरूको कारण २०२१ मा मात्र एप्पलले अमेरिकामा ३.२ अर्ब डलर गुमाउन सक्छ।

जुलाईसम्मको नौ महिनामा अमेरिकी भन्सार अधिकारीहरूले ६ करोड २२ लाख डलर बराबरको नक्कली एयरपड्स र अन्य नक्कली वायरलेस हेडफोन जफत गरेका छन् । त्यो समय अवधिमा करिब ३ लाख ६० हजार एकाई फेक एयरपड्स जफत गरिएको थियो। एप्पल एयरपड्स जस्ता उत्पादनहरूले लोकप्रियता लिएसँगै एजेन्सीले विगत ५ बर्षमा नक्कली वायरलेस हेडफोन प्रतिबन्ध गर्ने क्रम ५० प्रतिशतले वृद्धि भएको देखाएको छ।

अमेरिकी कस्टम र सीमा संरक्षणले सरकारको अघिल्लो आर्थिक वर्षमा (जुन अक्टोबरमा सुरु हुन्छ) ६ करोड १७ लाख को नक्कली हेडफोनका २ लाख ९५ हजार सेटहरू जफत गरेका थिए ।

सन् २०१९ मा नक्कली हेडफोनको मूल्य जुन एजेन्टहरूले जफत गरेका थिए तुलनात्मक रूपमा कम अर्थात ३३ लाख डलर मात्र थियो।

एप्पलले नक्कली एयरपडहरूले राजस्वलाई मात्र नोक्सान पुर्‍याउँदैन, तर ती प्रयोगकर्ताहरूको सुरक्षाका लागि खतरा भएको बताएको छ। कम्पनीका एक प्रवक्ताले भने, ‘नक्कली उत्पादनहरूले ईन्फेरियर अनुभव प्रदान गर्दछ र ती प्रायः खतरनाक हुन सक्छन्।’ एजेन्सी

easy care

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

ताजा समाचार