एप्पलले आईफोन १२ को लन्चिङ्गसँगै आईफोन एक्सआरको बिक्री बन्द गर्ने

Technology Khabar ११ भाद्र २०७७, बिहीबार

एप्पलले आईफोन १२ को लन्चिङ्गसँगै आईफोन एक्सआरको बिक्री बन्द गर्ने
Classic Tech

विश्वको मूल्यवान टेक कम्पनी एप्पलले सेप्टेम्बर वा अक्टोबरमा नयाँ आईफोनहरू लन्च गर्न सक्दछ।

एप्पल इभेन्ट सामान्यतया सेप्टेम्बरमा आयोजित हुन्छ, तर यस पटक कोरोना भाइरसको कारण उत्पादनमा भएको ढिलाईले सो कार्यक्रममा पनि ढिलाइ हुन सक्छ।

पछिल्लो रिपोर्ट अनुसार नयाँ आईफोनको बिक्रीको साथ कम्पनीले पुरानो मोडल आईफोन एक्सआरको बिक्री पनि बन्द गर्न सक्नेछ।

शुरुमा बजेट आईफोनको रुपमा आएको आईफोन एक्सआर चीन र भारतजस्ता मुलुकहरुमा अधिक बिक्री भएका थिए भने सस्तो मूल्यमा एप्पल ब्राण्ड खोज्नेको रोजाईमा रहेको छ । यसका साथै यो कम्पनीको लागि सबै भन्दा राम्रो बिक्री हुने मोडल समेत भएको छ।

एप्पलको आईफोन एक्सआर कम्पनीको मिड-रेंज स्मार्टफोन हो। हालै आएको रिपोर्टका अनुसार आईफोन १२ को लन्चिङ्गसँगै कम्पनीले आईफोन एक्सआर बन्द गर्न सक्दछ।

एप्पलले यसअघि नै नयाँ आईफोनको बिक्री केही हप्ता ढिला हुन सक्ने बताईसकेको छ। यसको अर्थ हो, नयाँ आईफोनहरू अक्टोबर भन्दा पहिले बजारमा उपलब्ध हुने छैन।

हालै एक ट्विटर प्रयोगकर्ता iAppleTimes को ह्यान्डलबाट एक ट्वीट गरिएको छ, जसमा एप्पलले आईफोन १२ लन्चिङ्गपछि आईफोन एक्सआर र आईफोन ११ प्रो मोडेलहरू बन्द गर्न सक्ने उल्लेख छ ।

यद्यपि यस टिपस्टरको त्यस्तो कुनै पुरानो विश्वसनिय रेकर्ड छैन, त्यसैले यो रिपोर्टलाई विश्वास गर्न सकिँदैन। तर सामान्यतया कम्पनीले आफ्ना पुराना मोडलहरू हरेक वर्ष नयाँ आईफोन सार्वजनिक गरेसँगै बन्द गर्दछ।

भर्खरै, कम्पनीले आईफोन एसई २०२० सुरु गरेको छ, त्यसैले यो फोन बन्द गर्ने सवाल नै छैन। आईफोन एक्सआरको बारेमा कुरा गर्दा यसको मूल्य आईफोन एसई २०२० भन्दा बढि छ।

आईफोन एसई २०२० एप्पलको आईफोन एक्सआर भन्दा धेरै फास्ट रहेको र सस्तो पनि भएको हुँदा मानिसहरू यी दुई स्मार्टफोनहरूको खरीदमा अलिकता अलमल्लमा परेका छन्।

तर यो विषयमा स्पष्ट जानकारी पाउन भने केहि समय अझै कुर्नुपर्नेछ । एजेन्सीका साथ

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...