Tag Archives: 5G

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले आइतवार कोर र र्यान नेटवर्कका लागि दुबै कम्पनीसँग सम्झौता भएको जानकारी दिए । ‘दूबै कम्पनीसँग आजै सम्झौता भएको हो हामी ‌औपचारिक जानकारी नै दिनेछौं,’ उनले भने । आज भएको ...

Read More »

ह्वावे विरुद्ध अमेरिकाले लगायो आपराधिक मुद्धा, व्यवसायीक योजना चोरेको आरोप

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेलाई अमेरिकी न्याय मन्त्रालयले अपराधिक मुद्धा लगाएको छ । अमेरिकाले चिनियाँ मोबाइल जायन्ट ह्वावेलाई व्यवसायीक सूचना चोरी गरेको आरोपसहित अपराधिक मुद्धा लगाएको हो । यसअघि पटक पटक यो बारेमा अमेरिकामा अनुसन्धान हुँदै आएको रिपोर्टहरु बाहिर आएका थिए । अमेरिकी न्याय मन्त्रालयले सोमबार ह्वावेको विरुद्ध दुई मुद्धाहरु दायर गर्दै टी मोबाइलको व्यापारीक सूचना चोरी गरेको आरोप ...

Read More »

फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागि सबै विकल्पहरु खुला गर्दै प्रकृयामा रहेको ठेक्काको लागत अझ घटाउन(मितव्ययी हुन) निर्देशन दिएको छ । अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी बिस्तारको हाल प्रकृयामा रहेको ठेक्कालाई अझ मितव्ययी हुने गरी गर्ने वा प्रविधिको स्तर वृद्धिगरी फोरजी सेवा उपलब्ध गराउने वा छोटो प्रकृया अबलम्बन गरी नयाँ बोलपत्र आब्हान गरेर सस्तो ...

Read More »

ह्वावे भनेको टेलिकम सेक्टरको ‘पप्पु’ हो जसको विश्वसनियता छैन् -सांसद रामकुमारी झाँक्री

काठमाडौं । यो आजको विषयमा एमडी साबको प्रस्तुती र मन्त्री ज्यूको कुरा सुनियो सरसरर्ती। यसमा हाम्रो दुई तिनवटा विषयहरु छन् । नम्बर एक फोरजी सेवा बिस्तार गर्नको लागि आजको बजारमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी बिहिन स्थिती छ । अर्को कम्पनी एनसेलले गत वर्षदेखि २० २१ वटा शहरहरुमा फोरजी सेवा चलाईरहेको छ । मैले अहिले गूगलमा सर्च गरेर हेर्दा उसैले के ...

Read More »

भोडाफोनको कोर नेटवर्कहरुमा ह्वावेका उपकरण प्रयोग रोकियो

काठमाडौं । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको कारणमा चिनियाँ टेलिकम कम्पनी ह्वावेको वरिपरि रहेको राजनीतिक अनिश्चितता रहेको छ । यो ह्वावेको लागि पछिल्लो चेतावनी हो, जसले बिगत केहि दिनदेखि विभिन्न देशका सरकारहरुबाट त्यसका प्रविधिहरुमार्फत चीनले गुप्तचरी गरिरहेको ...

Read More »

नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले डाटा सेवाको माग बढिरहेको हुँदा फोरजीलाई स्तरोन्नती गरेर फाइभजीमा जाने लक्ष्य रहेको बताए । उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा ...

Read More »

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । पछिल्लो समयमा फाइभ जी मोबाइल फोन नेटवर्क बिस्तारको काम विभिन्न मुलुकहरुमा तिब्र गतिमा भईरहेको छ। जसलाई विश्वभर महत्वका साथ लिँदै आईएको छ। टेलिकम कम्पनीहरुले ...

Read More »

यस्तो डिजाइनमा आउँदैछ सामसंग ग्यालेक्सी एस १०, फोनमा ५जी सपोर्ट हुने

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप प्रिमियम स्मार्टफोनको बारेमा विभिन्न रिपोर्टहरु आउने क्रम जारी छ । कम्पनीले केहि साताभित्रै लन्च गर्ने अनुमान गरिएको सामसंग ग्यालेक्सी एस १०(Galaxy S10) स्मार्टफोनको बारेमा नयाँ फोटो बाहिर आएको छ । सामसंग ग्यालेक्सी एस १० मा अहिले विश्वभर सबैको चासो रहेको बेलामा कम्पनीको नयाँ स्मार्टफोनको तस्वीर लीक भएको छ । सो फोटोअनुसार कम्पनीले एस १०लाई फूल ...

Read More »

एनसेलको लगानीकर्ता आजियाटाले दक्षिण एशियामै पहिलो ५जी शुरु गर्दै, २ जीबीपिएसको स्पीड दिने

काठमाडौं । नेपाली टेलिकम कम्पनी एनसेल प्राइभेट लिमिटेडमा लगानी गरिरहेको मलेशियन टेल्को कम्पनी आजियाटाले दक्षिण एशियाली मुलुकहरु मै पहिलो फाइभ जी (5G) सेवा शुरु गर्ने भएको छ । तर यस्तो फाइभजी सेवा नेपालमा नभई दक्षिण एशियाली मुलुक श्रीलंकामा शुरु गर्न लागेको हो । हालै आएको रिपोर्टअनुसार आजियाटाको लगानी रहेको टेलिकम कम्पनी डाइलगले पूर्णरुपमा प्रयोगमा आउने र ५जी स्ट्याण्डर्डमा आधारित रहेर ...

Read More »

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको हो । यसअघि मन्त्रालयले पनि फोरजी सेवा बिस्तारको कार्य छिटो सक्न र टेण्डरको काम अगाडि बढाउन टेण्डरमा परेका भेण्डरहरुसँग छलफल गरेको थियो । हाल टेलिकमले फोरजी सेवा बिस्तारको लागि कोर ...

Read More »