आईफोन एसई+ फाइभजी मे महिनासम्म सार्वजनिक भइसक्ने

Technology Khabar ६ माघ २०७८, बिहीबार

काठमाडौं ।

एप्पलले आईफोन एसई+ फाइभजी आगामी मे महिनासम्ममा सार्वजनिक गरिसक्ने भएको छ।

डिस्प्ले आपूर्तिकर्ता परामर्शदातृ संस्थाका अध्यक्ष रस यङले यसबारेमा विस्तृत जानकारी बाहिर ल्याएका हुन्।

उक्त नयाँ डिभाइसका लागि आवश्यक डिस्प्ले प्यानलको उत्पादन यसै महिनाबाट शुरु हुँदैछ। यस हिसाबले एप्पलले यो डिभाइसलाई छिटोमा आगामी अप्रिल र ढिलोमा मे महिनाभित्र सार्वजनिक गरिसक्ने आकलन गरिएको हो।

कम्पनीले सार्वजनिक भएलगत्तै यसकव शिपिङसमेत शुरु गर्ने अपेक्षा गरिएको छ।

आईफोनको यो नयाँ मोडलमा पुरानै डिजाइन यथावत राखिने हालसम्म विवरण बाहिर ल्याएका लीकस्टरहरुले जानकारी दिँदै आएका छन्।

यसको साइज पुरानै ४.७ इन्चको अगाडि टच आईडी बटनयुक्त एलसीडी नै हुनेछ वा यसमा केही फरक आउनेछ भन्नेबारे हालसम्म खुलाइएको छैन। तर हालसम्म सुनिश्चित भइसकेका मध्ये एउटा महत्वपूर्ण फिचरमा फाइभजी कनेक्टिभिटीको उपलब्धता हो।

सन् २०२० को एसई मोडलमा ६ महिनाअघि आईफोन १२ मा प्रयोग भएको एप्पलको ए१३ चिपसेट तथा फोरजी कनेक्टिभिटी दिइएको थियो।

तर अब आउने नयाँ एसईमा आईफोन १३ सिरिजमा झैं एप्पलको ए१५ चिपसेट तथा स्न्यापड्रागन एक्स६० मोडम उपलब्ध हुने बुझिएको छ।

यो डिभाइस ए१५ चिपसेटयुक्त नयाँ आईप्याड एयरसँगै सार्वजनिक हुने आकलन गरिएको छ। आईफोन १३ सिरिजको सफलतालाई मध्यनजार गर्दै टीएसएमसीको ५ एनएम फाउन्ड्रीमा उक्त डिभाइसका लागि काम चलिरहेको जीएसएमएरिनाले जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ माघ २०७८, बिहीबार

ताजा समाचार