लाभाको पहिलो फाइभजी फोन सार्वजनिक: यस्ता छन् विशेषता

Technology Khabar २६ कार्तिक २०७८, शुक्रबार

लाभाको पहिलो फाइभजी फोन सार्वजनिक: यस्ता छन् विशेषता

काठमाडौं ।

लाभा इन्टरनेशनलले कम्पनीको पहिलो फाइभजी स्मार्टफोन लाभा अग्नि फाइभजी भारतमा सार्वजनिक गरेको छ।

फोनमा पछाडिपट्टि क्वाड क्यामरा सेटअपका साथै ३० वाट फास्ट चार्जिङ सपोर्ट पनि दिइएको छ।

यो डिभाइसमा पछाडिपट्टि रहेका ४ ओटामध्ये मुख्य क्यामरा ६४ मेगापिक्सेलको रहेको छ। यसबाहेक यसमा १० ओटा प्रिलोडेड क्यामरा फिचर पनि समावेश गरिएको छ।

लाभा फाइभजी को प्रतिस्पर्धा यसअघि बजारमा उपलब्ध रियलमी ८एस फाइभजी, मोटो जी फाइभजी तथा सामसङ ग्यालेक्सी एम३२ फाइभजीजस्ता स्मार्टफोनहरुसँग हुनेछ।

लाभा अग्नि फाइभजीको मूल्य भारतमा १९, ९९९ भारु तोकिएको छ। यो फोन ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेजको एक भेरियन्टमा मात्र उपलब्ध छ। यसलाई अमेजन, फ्लिपकार्ट तथा अफलाइन रिटेलरहरुमार्फत् आगामी नोभेम्ब १८ देखि किन्न सकिने बताइएको छ।

यो फोनमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.७८ इन्चको एचडी+ एलसीडी डिस्प्ले उपलब्ध हुनेछ भने सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास लगाइएको छ।

प्रोसेसरका हिसाबले यसमा मिडियाटेकको डाइमेन्सिटी ८१० फाइभजी चिपसेट साथै सेल्फीका लागि १६ मेगापिक्सेलको शूटर उपलब्ध गराइएको छ।

easy care

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

ताजा समाचार