सामसङले अर्को क्यामरा अपडेटमा टू एक्स पोर्ट्रेट मोड फेरी प्रस्तुत गर्ने

Technology Khabar २५ बैशाख २०८०, सोमबार

सामसङले अर्को क्यामरा अपडेटमा टू एक्स पोर्ट्रेट मोड फेरी प्रस्तुत गर्ने

काठमाडौं ।

सामसङले आफ्नो एस २३ शृङ्खलाको क्यामरामा २ एक्स पोर्ट्रेट मोड फिचरलाई आगामी फर्मवेयर अपडेट मार्फत फेरी प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रख्यात टेक टिपस्टर आइस युनिभर्सको रिपोर्ट अनुसार सुरुमा केही महिना अघि यो सुविधा हटाएकोमा कम्पनीले प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यान दिँदै यसलाई फिर्ता ल्याएको हो।

पोर्ट्रेट मोड बाहेक, आगामी सफ्टवेयर अपडेटले ग्यालेक्सी एस २३ अल्ट्राको एचडिआर प्रदर्शनसँग सम्बन्धित मुद्दाहरूलाई पनि सम्बोधन गर्ने बताइएको छ। धेरै प्रयोगकर्ताहरूले विभिन्न लाईटनिङको अवस्थाहरूमा क्यामरा समस्याहरू रिपोर्ट गरेका थिए।

एचडिआर सुविधा प्रयोग गर्दा कम प्रकाश वा भित्री अवस्थाहरूमा वरपरको वस्तुहरू मा हलो प्रभाव अवलोकन गरिएको थियो। सामसङले पनि विशेष गरी प्राइमरी लाइट सोर्स फ्रेममा अवस्थित हुँदा यो समस्या उत्पन्न भएको आधिकारिकरूपमा स्वीकार गर्दै अर्को अपडेटमा यसलाई ठीक गर्ने वाचा गरेको पनि बताइएको छ।

साथ साधै सामसङ क्यामरा टोली नयाँ सुविधाहरुको लागी सुझावहरुको लागी पनि खुल्ला रहेको बताइएको छ।

easy care

प्रकाशित: २५ बैशाख २०८०, सोमबार