१२० हर्ज कर्भ्ड एमोलेड डिस्प्ले सहितको भिभो एस १७ ई चीनमा अनावरण

Technology Khabar १ जेष्ठ २०८०, सोमबार

१२० हर्ज कर्भ्ड एमोलेड डिस्प्ले सहितको भिभो एस १७ ई चीनमा अनावरण

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता भिभोले एस १७ श्रृंखलाको पहिलो स्मार्टफोन एस १७ ई अनावरण गरेको बताइएको छ। अप्रत्याशितरुपमा ब्रान्डले प्रायः चीनमा सम्पूर्ण श्रृङ्खलासँगै लन्च गर्ने भएकाले यो प्रक्षेपण अचम्मको रूपमा आएको  बताइएको हो।

यो स्मार्टफोन एस १६ ई को उत्तराधिकारी रहेको तथा भिभो एस १७ सँग धेरै समानताहरू रहेका पनि बताइएको छ। यो डिभाइसमा ६.७८ इन्च एफ एच डी प्लस १२० ६० डिग्री थ्रीडी कर्भ्ड एमोलेड डिस्प्ले, र मिमिडी टेक डायमेन्सीटी ७२०० एसओसी फास्ट चार्जिङको लागि समर्थन सहितको ४६०० एमएएच ब्याट्री रहेको बताइएको छ।

भिभो एस १७ ई मा रियर क्यामरा सेटअप रहेको छ जसमा ओआईएस सहितको ६४ एमपी प्राथमिक क्यामरा र २ एमपी सेकेन्डरी क्यामरा रहेको बताइएको छ, साथै कम्पनीले औरा लाईट भनेर चिनाउने अद्वितीय रिङ एलईडी समावेश गर्दै सेल्फी र भिडियो कलहरूको लागि १६ एमपी फ्रन्ट क्यामरा पनि राखेको छ।

भिभो एस १७ ई का अन्य सुविधाहरूमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डुअल सिम समर्थन, युएसवी टाइप सी अडियो, स्टेरियो स्पिकरहरू समावेश रहेको  छ। उक्त डिभाइस एन्ड्रोइड १३ मा चल्ने ओरीजीन ओएस ३ सँग आउनेछ भने यसमा १२८ जीबी वा २५६ जीबी युएफएस २.२ स्टोरेजको साथ १२ जीबी एलपीडिडिआर ४ एक्स र्याम रहेको छ।

कनेक्टिभिटीको सन्दर्भमा, भिभो एस १७ ई ले ५ जी एसए/ एन एस ए, डुअल ४ जी भोल्टी ,वाईफाई ६ ८०२.११ एसी,ब्लुटुथ ५.३ जिपीएस ,(एल १ + एल ५ ), युएसवी टाइप सी र एनएफसीलाई समर्थन गर्दछ।

भिभो को एस १७ ई स्मार्टफोन अर्डरको लागि उपलब्ध रहेको तथा मे २० मा चीनमा रिलिज हुने बताइएको छ। यो क्विक स्यान्ड गोल्ड, सनी ब्लू र मिडनाइट ब्ल्याक गरी तीन फरक रंगहरूमा आउनेछ। यन्त्रले  दुई भण्डारण भेरियन्टहरू प्रदान गर्ने बताइएको छ। ८ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी भर्सनको मूल्य क्रमशः २०९९ युआन (अमेरीकी डलर ३०१ ) र २२९९ युआन (अमेरीकी डलर ३३० ) रहने छ भने १२ जिबी प्लस २५६ जीबी संस्करण २४९९ युआन (अमेरीकी डलर ३५८ )मा उपलब्ध हुने उल्लेख छ।

easy care

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार