जियोद्वारा रेडमी नोट ११टीलाई फाइभजी परीक्षणका लागि प्रयोग

Technology Khabar ७ मंसिर २०७८, मंगलवार

जियोद्वारा रेडमी नोट ११टीलाई फाइभजी परीक्षणका लागि प्रयोग

काठमाडौं ।

भारतको दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियोले रेडमी नोट १टी लाई आफ्नो फाइभजी परीक्षणका लागि प्रयोग गरेको छ। जियोले फाइभजी परीक्षणका लागि प्रयोग गरेको यो स्मार्टफोन भारतमा आधिकारिक रुपमा सार्वजनिक भने भएको छैन।

केही स्मार्टफोन ब्रान्डहरुले गत वर्ष थुप्रै मोडलका फाइभजी फोनहरु भारतमा सार्वजनिक गरे।

फाइभजी क्यारियर जियो र स्मार्टफोन निर्माता मिलेर फाइभजी परीक्षण गर्ने भएका हुन्। यो क्रममा वास्तविक प्रयोगको स्थिति थाहा पाउनका लागि विभिन्न परिस्थितिहरु सिर्जना गरेर परीक्षण गरिने बुझिएको छ।

दुवै कम्पनीका अनुसार उक्त फोनले ७ ओटा फाइभजी ब्यान्ड सपोर्ट गर्न सक्छ। ती ब्यान्डहरुमा एन१, एन३, एन५, एन८, एन२८, एन४० र एन७८ रहेका छन्।

यसबाहेक यसले गैर स्वतन्त्र मोड एनएसए मा एन१, एन३, एन४० र एन७८ पनि सपोर्ट गर्ने बुझिएको छ। एनएसए मोड भन्नाले विद्यमान फोरजी पूर्वाधारमा आधारित रहेर फाइभजी कनेक्टिभिटी प्रयोग गर्न मिल्ने प्रविधि हो।

easy care

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार