अनर एक्स ५० स्मार्टफोन स्न्यापड्रयागन ६ जेन १ चिपसेटको साथ आउँदै

Technology Khabar १५ असार २०८०, शुक्रबार

अनर एक्स ५० स्मार्टफोन स्न्यापड्रयागन ६ जेन १ चिपसेटको साथ आउँदै

काठमाडौं ।

अनर एक्स ५० जुलाई ५ मा आइपुग्ने भएको छ। टिपस्टर डिजिटल च्याट स्टेशनद्वारा साझा गरिएको लीक इमेजअनुसार, अनर एक्स ५० सिरिज स्न्यापड्रयागन ६ जेन १ चिपसेटद्वारा संचालित हुनेछ।

डिभाइस ४ एनएम प्रक्रियामा २.२ गिगाहर्ज पीक क्लक स्पीडको अक्टा–कोर सीपीयूका साथमा निर्मित हुने बताइएको छ।

“अनर एक्स ५० एक्स सिरिज उत्पादनहरूको एक दशकको उत्सव हुनेछ,” ब्रान्डले आफ्नो वेइवो पेजमा भन्यो।

लिक्स्टर्सले दिएको जानकारी अनुसार नयाँ स्मार्टफोनमा २.५डी कर्भ्ड साइडहरू र २६५२x१२०० पिक्सेल रिजोल्युसनको साथ ठूलो स्क्रिनयुक्त हुनेछ। यस्तै मिडरेन्जरहरू ठूलो ५,८०० एमएएच ब्याट्रीको साथ आउने उल्लेख छ।

यसको पुरानो संस्करण अनर एक्स ४० मा ४० वाट सुपरचार्जको साथ आएको थियो। अनर एक्स ५० अब ६६ वाटको फास्ट चार्जका साथ आउने अपेक्षा गरिएको छ। डिभाइसले १६ जीबीको र्याम तथा ५१२ जीबीको भण्डारण समर्थन गर्ने उल्लेख छ। यो लाइनअपको इतिहासमा सबैभन्दा पावरफुल अनर एक्स स्मार्टफोन रहेको बताइएको छ।

त्यस्तै, अनर एक्स ५० को आगमनको एक हप्तापछि मात्रै नयाँ अनर म्याजीक भी२ फोल्डेबल स्मार्टफोन पनि देख्न सकिने भएकाले अर्को महिना ब्रान्डको लागि व्यस्त हुने अनुमान गरिएको छ। अनरको नयाँ फोल्डेबल स्मार्टफोनले फोल्डेबल फोनको संसारमा क्रान्ति ल्याउने उल्लेख गरीएको छ।

easy care

प्रकाशित: १५ असार २०८०, शुक्रबार

ताजा समाचार