एप्पलको ‘लेट लुज’ ईभेन्ट मे ७ तारिखमा हुने

Technology Khabar १५ बैशाख २०८१, शनिबार

एप्पलको ‘लेट लुज’ ईभेन्ट मे ७ तारिखमा हुने

काठमाडौं ।

गत महिना एप्पलले म्याकबुक एयर एम ३ ल्यापटप घोषणा गरेको थियो। क्युपर्टिनो–बेस्ड टेक जायन्टले अब नयाँ डिभाइसहरू अनावरण गर्न तयारी गरिरहेको उल्लेख छ।

साथै केही साताभित्र नै कम्पनीको लन्च कार्यक्रमको तालिका रहेको छ। उक्त कार्यक्रमको शीर्षक ‘लेट लुज’ राखिएको छ भने यसले आगामी डिभाइसहरूको संकेत गर्दै आर्टिस्टिक रेन्डर देखाएको छ।

त्यसैगरी एप्पलले अर्को पुस्ताको आईप्याड अनावरण गर्ने विगतमा धेरै लीकहरूले खुलासा गरेको छ।

एप्पल लेट लुज ईभेन्ट (कार्यक्रम) मे महिनाको ७ तारिख स्थानीय समयअनुसार बिहान ७ बजेका लागि तय गरिएको छ। साथै यो भर्चुअल कार्यक्रम कम्पनीको आधिकारिक युट्युब च्यानल, एप्पल टिभी एप र एप्पल ईभेन्टस वेबसाइटमा प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

कार्यक्रमको आर्टिस्टिक रेन्डर (कलात्मक प्रस्तुति) ले ग्राफिक डिजाइन क्षमताहरूको सुझाव दिने तवरले विभिन्न रंगहरूमा एप्पलको लोगोसँगै पेन्सिल देखाएको छ। तसर्थ यसले नयाँ पेन्सिल र म्याजिक किबोर्ड जस्ता एसेसरिजका साथमा अर्को पुस्ताको आईप्याडहरूको आगमनलाई सङ्केत गरेको छ।

आगामी आईप्याडहरूको बारेमा अहिलेसम्म थाहा भएका कुराहरु
आईप्याड प्रो र आईप्याड एयर एप्पलको आगामी कार्यक्रमको केन्द्रमा हुने अपेक्षा गरिएको छ। चर्चाहरूका अनुसार, सन् २०१८ मा अन्तिम पटक आएको आईप्याड प्रो पछि अब आउन लागेको हालको आईप्याड प्रो ठूलो अपग्रेडको साथ आउने छ। साथै यसमा ओएलईडी डिस्प्ले, केहीरुपमा ठूला आयामहरू र थिनर (पातलो) डिजाइन बोस्ट गर्ने उल्लेख गरिएको छ।

सातौं पुस्ताको आईप्याड प्रो मोडलहरू पछिल्लो एम३ प्रोसेसरद्वारा संचालित हुनेछन्, जसले पर्फमेन\स बम्प प्रदान गर्ने दाबी गरिएको छ। साथै यिनीहरूले कथित रूपमा म्यागसेफ चार्जिङलाई पनि समर्थन गर्ने छन।

त्यसैगरी, आईप्याड एयर लाइनअपतर्फ, एप्पलले नियमित १०.९ इन्च भेरियन्टसँगै पहिलो पटक ठूलो १२.९ इन्च मोडल पनि प्रस्तुत गर्ने भएको छ। सीएडी–आधारित लीक्ड रेन्डरले आगामी आईप्याड एयरको पछाडि आईफोन एक्सएसको जस्तै देखिने पिल–सेप्ड (आकार) क्यामरा आईल्याण्ड रहने खुलासा गरेको छ। साथै अर्को पुस्ताका अफरिङ्गहरू एम२ प्रोसेसरले सुसज्जित हुने अपेक्षा गरिएको छ।

एप्पल पेन्सिल र म्याजिक किबोर्ड ट्याग हुने
एप्पलले लन्च हुने उत्पादनहरूको बारेमा स्पष्ट रूपमा खुलासा नगरेतापनि, सीईओ टिम कुकले ‘पेन्सिल अस इन फर मे ७’ भनेर एक्स पोस्टमा गरेका छन। तसर्थ कम्पनीले वास्तवमा सम्भवतः एप्पल पेन्सिल ३ भनिने नयाँ पुस्ताको घोषणा गर्ने पुष्टि गरेको छ।

यूएसबी–सी भएको सस्तो पेन्सिले गत अक्टोबरमा रिलिज भएको थियो भने पछिल्लो जेनरेशन एप्पल पेन्सिलले सन् २०१८ मा डेब्यु गरेको उल्लेख छ। एप्पल पेन्सिल ३ फाइन्ड माई सपोर्टसँग आउने अपेक्षा गरिएको छ जसले यसलाई हराएमा ट्र्याक गर्न सक्षम पार्नेछ।

एक्सेसरिमा इन्टरचेन्जेबल म्यागनेटिक टिप्स फिचर गरिने जनाइएको छ। साथै यसमा ‘स्क्वीज’ गेस्चर हुनेछ भने यो भिजन प्रो हेडसेटसँग पनि उपयुक्त हुने अफवाहहरूले सुझाव दिएको उल्लेख छ।

एप्पल म्याजिक किबोर्डले पनि लामो समयदेखिको अपग्रेड प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसमा ठूलो ट्र्याकप्याड, एल्युमिनियम बिल्ड हुनेछ भने वर्तमान फ्लोटिंग डिजाइनलाई त्याग्ने छ। यसले गर्दा आईप्याड थप परम्परागत ल्यापटप जस्तो देखिने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १५ बैशाख २०८१, शनिबार

ताजा समाचार