आईक्युओओद्वारा आईक्युओओ नियो ८ सिरिज लन्च गर्ने तयारी

Technology Khabar ८ जेष्ठ २०८०, सोमबार

आईक्युओओद्वारा आईक्युओओ नियो ८ सिरिज लन्च गर्ने तयारी

काठमाडौं ।

आईक्युओओले यहि मे २३ मा आईक्युओओ नियो ८ शृङ्खला लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आईक्युओओ प्याड पनि यो कार्यक्रमबाट लन्च गर्ने पक्का गरेको छ।

लामो समयदेखि चर्चामा रहेको ट्याब्लेट अन्ततः बजारमा आउने तर उक्त भिभो प्याड २ को रिब्रान्डेड संस्करण रहेको बताइएको छ। आईक्युओओले केही टिजरहरू जारी गरेको छ। तिनीहरूले पुष्टि गरे अनुसार स्लेटले मिडिया टेक डायमेन्सिटी ९००० प्लस प्याक गर्ने तथा १४४ हर्ज रिफ्रेस दर  रहने बताइएको छ। यो सहज रिफ्रेस दर ट्याब्लेटहरू बीच असामान्य रहेको जसले आईक्युओओ प्याडलाई अन्य गेमिङ ट्याब्लेटहरू भन्दा फाइदा दिने पनि बताइएको छ।

सहज डिस्प्ले बाहेक, डिभाइसमा मिडिया टेक डायमेन्सिटी ९००० प्लस रहेको छ जसले ट्याब्लेट अनिवार्यरूपमा भिभो प्याड २ को पुनः ब्रान्ड गरिएको संस्करणको पुष्टि गरेको छ। यसले स्लेटमा प्लेस्टोरमा सबै कुरा ह्यान्डल गर्न पर्याप्त शक्ति हुने तथा ठूला गेमहरूदेखि परम्परागत एपहरूमा प्रयोगकर्ताहरुलाई राम्रोसँग सेवा दिइनेछ। डायमेन्सिटी ९००० प्लस मिडिया टेकको २०२२ को फ्ल्यागशिप एसओसी हेर्दा आईक्युओओ प्याडमा केहि प्रकारको फ्ल्यागशिप जस्तो प्रदर्शन हुने बताइएको छ ।

ट्याब्लेटमा १४४४२ एमएम स्क्वायर हिट डिसीपेसन एरिया तथा एलपिडिडिआर ५ र्याम र युएफएस ३.१ स्टोरेज पनि हुनेछ। टिजरहरूले ट्याब्लेटको १२.१ इन्च डिस्प्लेलाई १४४ हर्ज हर्ट्ज रिफ्रेस दरको साथ पुष्टि गरेको बताइएको छ। भिभो प्याड २ को विशेषता लिँदै, २.८ के डिस्प्लेमा ६०० ब्राइटनेस र एचडिआर १० समर्थन देखिएको छ, यद्यपि र्यामको मात्रा अस्पष्ट रहेको बताइएको छ। आईक्युओओ प्याडमा भिभो प्याड २ भेरियन्टहरूमा आधारित ८ जीबीदेखि १२ जीबीसम्म हुने तथा भण्डारणको सन्दर्भमा, यो १२८ जीबीबाट सुरु हुन सक्छ र ५१२ जीबीसम्म जानसक्ने पनि संभावना छ।

आईक्युओओ प्याड मे २३ मा लन्च हुनेछ।आईक्युओओ प्याडको डिजाइनले भिभो प्याड २ जस्तै सूत्रलाई पछ्याउने तथा त्यहाँ एक गोलाकार क्यामरा आइल्याण्डमा दुई क्यामरा र एक एलईडी फ्ल्यास रहनेछ। ट्याब्लेटको तौल लगभग ५८५ ग्राम हुने तथा लगभग ६.५९ एमएम मोटाई हुनेछ।

आईक्युओओ प्याडले ठूलो १०,००० एमएएच ब्याट्रीबाट शक्ति प्राप्त गर्नेछ। यो डिस्प्ले साइज, रिजोल्युसन र रिफ्रेस दरको लागि पर्याप्त रहेको तथा फोन एन्ड्रोइड १३ मा आधारित फनटच ओएस १३ का साथ आउनेछ।

easy care

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार