वानप्लस नोर्ड ३ फाइभजी स्मार्टफोन लन्च हुँदै

Technology Khabar ६ जेष्ठ २०८०, शनिबार

वानप्लस नोर्ड ३ फाइभजी स्मार्टफोन लन्च हुँदै

काठमाडौं ।

वाप्लसबाट अर्को ब्रान्डेड फोन वान प्लस नर्ड ३ फाइभजी लन्च हुने बताइएको छ। चीनका एक टिपस्टरले ट्विटरमा लाइभ शटहरू र डिभाइसको विशिष्टताहरू साझा गरेका छन्।

लीकले खुलासा गरेअनुसार वानप्लस नर्ड ३ फाइभजी सँग ‘भिटामिन कोडनेम’ रहेको तथा मोडेल नम्बरहरू सिपिएच २४९३ र सिपिएच २४९१ उपकरणको यूरोपीयन र भारतीय भेरियन्टहरूसँग सम्बन्धित रहेको बताइएको छ।

लाइभ शटहरू उपकरणको युरोपेली संस्करणसँग सम्बन्धित रहेका छन्।

वनप्लस लोर्ड ३ मा ६.७४ इन्च ओएलईडी प्यानल रहेको जसले २७७२ * १२४० पिक्सेलको रिजोल्युशन, डाइमेन्सिटी ९००० चिपसेट, र ५,००० एमएएच ब्याट्री प्रदान गर्ने पनि लीकले खुलासा गरेको छ। डिभाइसमा
१६ जीबी र्याम १२ जीबी भर्चुअल रेम , र २५६ जिवी आन्तरिक भण्डारण रहेको पनि बताइएको छ।

नोर्ड ३ एक १६ मेगापिक्सेल फ्रन्ट फेसिङ क्यामरायुक्त रहेको बताइएको छ। डिभाइसमा पछाडि ५० मेगापिक्सेल, प्लस ८ मेगापिक्सेल, तथा प्लस २ मेगापिक्सेल ट्रिपल क्यामरा हुनेछ। यो डिभाइस अक्सिजन ओएस १३ आधारित एन्ड्रोइड १३ ओएसका साथ प्रि इन्स्टल हुने तथा ५,००० एमएएच ब्याट्रीले भरिएको बताइएको छ, जसले ८० वाट फास्ट चार्जिङलाई समर्थन गर्नेछ।

डिभाइस अलर्ट स्लाइडरका साथ सुसज्जित रहेको पनि लीकले प्रकट गरेको छ। लीक शटहरूमा देखाइएको कालो भेरियन्ट बाहेक, स्मार्टफोन हरियो भेरियन्टमा आउने अपेक्षा गरिएको पनि बताइएको छ।

वानप्लसले मार्चमा चीनमा वान प्लस एस २ भी को अनावरण गरेको थियो । नोर्ड ३ एस २भी को पुनः ब्रान्ड गरिएको संस्करण हुने देखिएको पनि बताइएको छ।

telecom
easy care

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार