भारतमा अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ इलेक्ट्रिक बाइक लन्च, रेञ्ज ३२३ किलोमिटर

Technology Khabar १४ बैशाख २०८१, शुक्रबार

भारतमा अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ इलेक्ट्रिक बाइक लन्च, रेञ्ज ३२३ किलोमिटर

काठमाडौं ।

भारतीय इलेक्ट्रिक दुई पांग्रे निर्माता अल्ट्राभोयलेट अटोमोटिभले आफ्नो अपडेटेड एफ७७ म्याक २ इलेक्ट्रिक पर्फमेन्स बाइक लन्च गरेको छ। कम्पनीले अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ स्ट्यान्डर्ड र रिकोन भर्सनमा लन्च गरेको छ। बाइकको पर्फमेन्स, फिचर्स र हार्डवेयर अपडेट गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ इलेक्ट्रिक बाइक २ लाख ९९ हजार भारु र एफ७७ म्याक २ रिकोनको मूल्य ३ लाख ९९ हजार भारु एक्स शोरुमको सुरुवाती मूल्यमा लन्च गरिएको हो। भारतमा बुधबारदेखि ५ हजार भारुमा बुकिङ खुल्ला गरिएको छ।

कम्पनीका अनुसार सुरुका एक हजार ग्राहकले सुरुवाती मूल्यमा एफ७७ म्याक बाइक किन्न सक्छन्। यसको डेलिभरी अर्को महिनादेखि सुरु हुनेछ। यो भारतको सबैभन्दा तीब्र गतिको इलेक्ट्रिक बाइक भएको दाबी गरिएको छ।

अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ को विषेशता
अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ को डिजाइनमा धेरै परिवर्तन गरिएको छैन। बाइक लाइटिङ ब्लू, एस्टेरोयड ग्रे, टर्बो रेड, आफ्टरबर्नर एल्लो, स्टेल्थ ग्रे, कोस्मिक ब्ल्याक, प्लाज्मा रेड कलर विकल्पमा उपलब्ध गराइएको छ।

रियरमा प्लासिस्टक यूनिटको सट्टा अब चार्जिङ पार्टको ढक्कन एल्यूमिनियम कोटेड छ। यसका साथै फ्रन्ट फोक्र्समा एफ७७ ग्राफिक्स पनि नयाँ रंगका साथ अपडेट गरिएको छ।

अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ ब्याट्री र रेञ्ज
एफ७७ म्याकमा २७ किलोवाटको मोटर र रिकोनमा ३० किलोवाटको मोटर दिइएको छ। स्ट्यान्डर्ड मोडलमा ७.१ किलोवाट आवर ब्याट्री र रिकोन ट्रिममा १०.३ किलोवाट आवर ब्याक छ। यसको रेञ्ज क्रमशः २१२ किलोमिटर र ३२३ किलोमिटर छ। रिकोन मोडलमा १० लेयर्स स्विचचेबल रिजनरेटिभ ब्रेकिङ फिचर्स दिइएको छ।

अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ फिचर्स
नयाँ एफ७७ म्याकको दुबै भेरियन्टमा तीन राइड मोड, पाँच इन्च टीएफटी, अटो डिमिङ लाइट्स, हिल होल्ड, एबीएस र डायनेमिक स्टेबिलिटी कन्ट्रोल लगायत फिर्चस पाउन सकिन्छ।

यद्यपि रिकोन भेरियन्टमा ट्याक्सन कन्ट्रोल तीन लेबलमा पाउन सकिन्छ। यसका साथै अल्ट्राभोयलेट अपडेटेड एफ७७ म्याक २ मा ४१ मिमी यूएसडी फ्रन्ट फोक्र्स र एक प्रिलोड एडजस्टेबल मोनोशक दिइएको छ। बाइकमा ३२० मिमी फ्रन्ट र २३० मिमी रियर डिस्क ब्रेक दिइएको छ।

easy care

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

ताजा समाचार