हुन्डाईका इभी किन्न नबिल बैंकमार्फत सहुलियत दरमा कर्जा पाईने

Technology Khabar १३ मंसिर २०७९, मंगलवार

हुन्डाईका इभी किन्न नबिल बैंकमार्फत सहुलियत दरमा कर्जा पाईने
Global IME Bank

काठमाडौं ।

नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नबिल बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (इभीहरु) र इन्टरनल कम्बसन इन्जिन (आईसी)सवारी साधनका लागि वित्तिय फण्डिङ्ग विकल्प विस्तार गर्न सम्झौता गरेको छ।

नबिल बैंकका तर्फबाट वरिष्ठ डीसीईओ सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि ग्राहकहरूले अब नबिल बैंक मार्फत १२.९९% ब्याज दरमा आफ्नो हुन्डाई ईभी वा आईसीई गाडी फाइनान्स गराउन सक्नेछन्। बैंकले सबै आवश्यक कागजातहरू प्रमाणित गरिसकेपछि, ऋण ३ कार्य दिनमा ७ वर्षको अवधिका लागि स्वीकृत हुनेछ।

इभीहरुको लागी ऋण वित्तिय प्रतिशत व्यक्तिको मामलामा ८०% र फर्महरुको लागी ७०% छ। त्यस्तै गरी, आईसी सवारी साधनका लागि व्यक्तिको हकमा ५०% र फर्महरूको हकमा ७०% सम्मको लगानी हुनेछ।

दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा कार उत्साहीहरूले हुण्डाईबाट आफ्नो मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा शोरुममा गएर यो अफरको फाइदा लिन सक्नेछन्। यस सम्झौताबाट ग्राहकले आफ्नो मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्ने बताईएको छ।

कम्पनीले नेपालको सबैभन्दा ठूला बैंकहरु मध्येको एकसँगको यो एमओयूको सहयोगमा सबैका लागि सवारी साधनको स्वामित्व सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया