क्वालकमको नयाँ चिपसेट स्न्यापड्रयागन ८ जेन ३ अक्टोबरमा घोषणा हुनसक्ने

Technology Khabar ३ असार २०८०, आईतवार

क्वालकमको नयाँ चिपसेट स्न्यापड्रयागन ८ जेन ३ अक्टोबरमा घोषणा हुनसक्ने

काठमाडौं ।

क्वालकमले यस वर्षको अक्टोबरमा २०२३ स्न्यापड्रयागन टेक शिखर सम्मेलनमा स्न्यापड्रयागन ८ जेन ३ घोषणा गर्ने अपेक्षा गरिएको छ। चर्चामा आएअनुसार पहिलो स्न्यापड्रयागन ८ जेन ३ फोनहरू यस वर्ष नोभेम्बरको सुरुमा डेब्यू हुनेछ।

शाओमी १४ सिरिज यो चिपसेट राखिने पहिलो फोनहरू मध्ये एक हुने बताइएको छ। चिनियाँ टिपस्टर डिजिटल च्याट स्टेशनको नयाँ लीक अनुसार शाओमीको सब- ब्रान्ड रेडमीले एसडी ८ जी ३ चिपसहितको फोन पनि लन्च गर्नेछ।

रेड्मीले डिसेम्बर २०२२ मा रेड्मी के ६० श्रृंखलाको अनावरण गर्दा रेड्मी के ६० ई, रेड्मी के ६०, र रेड्मी के ६० प्रो को घोषणा गरेको थियो। डायमेन्सिटी ८,२००, स्न्यापड्रयागन ८ प्लस जेन १, र स्न्यापड्रयागन ८ जेन २ चिपसेटहरू क्रमशः यी स्मार्टफोनहरूमा राखिएको छ।

त्यस्तै रेड्मी के ७० श्रृंखलामा धेरै स्मार्टफोनहरू पनि यस सूचीमा समावेश हुने सम्भावना रहेको बताइएको छ। टिपस्टरका अनुसार, लाइनअपमा स्न्यापड्रागन ८ जेन ३ फोन समावेश हुनेछ। त्यसैले के ६० प्रो को उत्तराधिकारीको रूपमा आइपुगेको रेड्मी के ७०, उक्त चिपसेटले सुसज्जित हुने सम्भावना रहेको बताइएको हो।

के ६० प्रो चिनियाँ बजारमा विशेष रहेको तर के ७० प्रो चीन बाहिर बजारहरूमा जारी हुनेमा अस्पष्ट रहेको पनि बताइएको छ। हाल, रेड्मी के ७० श्रृंखलाको विशेषाताको बारेमा भने कुनै जानकारी उपलब्ध छैन।

रिपोर्टहरूले खुलासा गरे अनुसार स्न्यापड्रयागन ८ जेन ३ मा ३.७५ गिगाहर्जमा १ एक्स ३.७५ गिगाहर्ज १ कोर्टेक्स एक्स ४ कोर घडी, ३।० गिगाहर्जमा काम गर्ने ५ कोर्टेक्स ए ७२० कोर र २.० गिगाहर्ज मा काम गर्ने २एक्स कोर्टेक्स – ए ५२० कोर समावेश हुने बताइएको छ।

अघोषित चिप गीकबेन्च र एन टू टू बेन्चमार्किङ प्लेटफर्महरूमा प्रभावशाली स्कोरहरूका साथ देखिएकोछ। गीकबेन्चको एकल- कोर र मल्टि- कोर परीक्षणहरूमा, एसडी ८ जीन ३ ले क्रमशः २५६३ र ७२५६ अंक प्राप्त गरेको तथा अर्कोतर्फ, चिपले एन टू टू मा १,७७१, १०६ अंक प्राप्त गरेको बताइएको छ।

easy care

प्रकाशित: ३ असार २०८०, आईतवार

ताजा समाचार