भिभोले चीनमा चाँडै भिभो एस १७ लन्च गर्ने

Technology Khabar ६ जेष्ठ २०८०, शनिबार

भिभोले चीनमा चाँडै भिभो एस १७ लन्च गर्ने

काठमाडौं ।

भिभोले चाँडै नै चीनमा भिभो एस १७ श्रृंखलाको स्मार्टफोनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ। कम्पनीले पहिले नै भिभो एस १७ ई लन्च गरिसकेको तथा हाल भिभो एस १७ र एस १७ प्रो को लन्चमा काम गरिरहेको बताईएको छ।

भर्खरैको भिभो पोष्टमा, टिपस्टर डिजिटल च्याट स्टेशनले भिभो एस १७ र एस १७ प्रोको मुख्य विशेषताहरू  उल्लेख गरेको देखिएको छ।

टिपस्टरद्वारा साझा गरिएको चार्टले पहिलो स्तम्भमा शाओमी सीभी ३ को मुख्य विशेषताहरू उल्लेख गरेको छ। त्यसपछि ओप्पो रेनो १० र रेनो १० प्रोको मुख्य विशेषताहरू तथा पछिल्ला दुई स्तम्भहरूमा, डिसिएसले एस १७ र एस १७ प्रो को चिपसेट, क्यामरा, ब्याट्री, र फास्ट चार्जिङ क्षमताहरूमा विवरणहरू प्रकट गरेको देखिएको बताईएको छ।

लीक अनुसार, भिभो एस १७ स्न्यापड्रयागन ७८२ जी प्रोसेसरयुक्त हुने बताईएको छ। फोटोग्राफीको सन्दर्भमा, डिभाइसले अटोफोकस अगाडी ५० मेगापिक्सेल फ्रन्ट क्यामरा र पछाडि ओआईएससंग ६४ मेगापिक्सेलको मुख्य क्यामरा हुने अनुमान गरिएको छ। द्रूत चार्जिङको लागि ६६ वाट चार्जिङ प्रविधिद्वारा समर्थित डिभाइसलाई दिनभर चलाउनको लागि एस १७ ले ४,५०० एमएएच ब्याट्री प्याक राख्ने बताईएको छ।

एस १७ प्रो मा मिडिया टेक डायमेन्सिटी ८,२०० चिपसेट हुने सम्भावना रहेको छ। त्यस्तै फोटोग्राफीको सन्दर्भमा, यो डिभाइस अटोफोकसको साथ ५० मेगापिक्सेल फ्रन्ट क्यामराको साथ आउन सक्नेछ। पछाडि, यसमा ओआईएससंग ५० मेगापिक्सेल मुख्य क्यामरा हुनसक्ने छ। लामो समयसम्म चल्ने ब्याट्री लाईफ सुनिश्चित गर्न, भिभो एस १७ स्रो मा ४,५०० एमएएच ब्याट्री, तथा छिटो र सुविधाजनक चार्जिङको लागि ८०० वाट चार्जिङ प्रविधिद्वारा पूरक हुने अपेक्षा गरिएको छ।

भिभो एस १७ प्रो श्रृंखला मई ३० मा अनावरण गरिने आकलन गरिएको छ। यद्दपी यसको लन्च मितिको आधिकारिक पुष्टि भने अर्को केहि दिनमा देखा पर्नेछ।

easy care

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार

ताजा समाचार