अमेरिकी एयरलाइन्स समूहद्वारा एयरपोर्ट नजिक फाइभजी विस्तारमा ढिलाई गर्न माग

Technology Khabar १६ पुष २०७८, शुक्रबार

अमेरिकी एयरलाइन्स समूहद्वारा एयरपोर्ट नजिक फाइभजी विस्तारमा ढिलाई गर्न माग

काठमाडौं ।

मुख्य यात्रु तथा कार्गो एयरलाइन्स सम्मिलित एक समूहले संघीय सञ्चार नियोगलाई विमानस्थल नजिक फाइभजी विस्तार ढिलाइ गर्न आग्रह गरेका छन्।

उक्त समूहले हजाराैं उडान प्रभावित हुन सक्ने भएकाले थुप्रै विमानस्थल वरपर फाइभजी विस्तारमा ढिलाइ गर्नुपर्ने माग गरेका हुन्।

एटीएन्डटी तथा भेरिजोन कम्युनिकेशनले ८० अर्ब डलर बराबरको सरकारी टेन्डरमा आगामी जनवरी ५ मा सी-ब्याण्ड स्पेक्ट्रममा फाइभजी वायरलेस सेवा शुरु गर्ने तयारीमा छन्।

एयरलाइन्स फर अमेरिका नामक उद्योग समूहले दर्ता गरेको उजुरीमा शिकागो, सान फ्रान्सिस्को, लस एन्जल्स, लस भेगस, न्यूयोर्क, बोस्टन तथा सियाटल लगायत अमेरिकाका थुप्रै एयरपोर्ट नजिक फाइभजी सेवाको विस्तारमा ढिलाइ गर्न आग्रह गरेको हो।

उड्डयन उद्योग तथा अमेरिकी संघीय उड्डयन प्रशासन एफएएले फाइभजीले रेडियो अल्टिमिटर लगायतका विमानका गम्भीर इलेक्ट्रोनिक्स उपकरणलाई प्रभाव पार्ने र उडान समेट्ट डाइभर्ट गर्नुपर्ने चिन्ता व्यक्त गरेका छन्।

‘फाइभजी तरंगका कारइ विमानले विभिन्न उडान प्रक्रियाका लागि रेडियो अल्टिमिटरको भर पर्न नसक्ने भएकाले केही एयरपोर्टमा अवतरण गर्नमा समस्या आउन सक्छ’, समूहले एफसीसीमा अपर्झट रुपमा दिएको उजुरीमा उल्लेख छ।

easy care

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

ताजा समाचार