नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख

Technology Khabar ६ चैत्र २०७९, सोमबार

नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख

काठमाडौं ।

नेपालमा फोरजी सेवा प्रयोगकर्ता करिब १ लाख ८५ हजार पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिरको एमआईएस रिपोर्ट अनुसार नेपालमा फोरजी सेवा प्रयोगकर्ता १ करोड ८४ लाख ८४ हजार ९४ पुगेका छन्।

हाल नेपालमा तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आइरहेका छन्।

फोरजी प्रयोगकर्ताको आधारमा सबैभन्दा ठूलो सेवा प्रदायक नेपाल टेलिकम रहेको छ। मंसिरमा नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार १८१ छन्।

फोरजी ग्राहक संख्याको आधारमा दोस्रो स्थानमा आजियाटा एनसेल रहेको छ। मंसिरमा एनसेलको फोरजी प्रयोगकर्ता ६८ लाख १९ हजार ६२३ छन्।

स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख १४ हजार २९० छन्।

Global Bank
easy care

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

ताजा समाचार