स्विडेनको अदालतद्वारा ह्वावेलाई फाइभजी उपकरण बिक्री गर्न रोक लगाउने फैसला सदर

Technology Khabar ९ असार २०७९, बिहीबार

स्विडेनको अदालतद्वारा ह्वावेलाई फाइभजी उपकरण बिक्री गर्न रोक लगाउने फैसला सदर

काठमाडौं ।

स्विडेनको पुनरावेदन अदालतले बुधबार देशमा ह्वावेलाई फाइभजी उपकरण बिक्री गर्न रोक लगाउने तल्लो अदालतको आदेशलाई सदर गरेको छ।

यसबाट चिनियाँ टेलिकम जायन्ट ह्वावेको फाइभजी उपकरण बजारमा पुनरागमन गर्ने अपेक्षामा तुषारापात भएको छ।

सन् २०२० मा स्विडेनको दूरसञ्चार नियामक पीटीएसले अनपेक्षित रुपमा ह्वावेलाई फाइभजी उपकरण त्यहाँका मोबाइल कम्पनीलाई उपलब्ध गराउन प्रतिबन्ध लगाएको थियो।

उक्त संस्थाले यसको मुख्य कारण त्यहाँको सुरक्षा संस्थाले उठाएको सुरक्षासम्बन्धी चिन्ता भएको बताएको थियो। यसका विरुद्ध अदालतमा उजुरी पनि गरिएको थियो।

एउटा तल्लो अदालतले गत वर्ष उक्त निर्णय गरेको थियो।

अमेरिकाले चीनले ह्वावेका उपकरण यूरोपेली सरकारको जासूसीका लागि प्रयोग गर्न सक्ने भन्दै चीनमा बनेका फाइभजी उपकरणमाथि प्रतिबन्ध लगाएपछि यो समस्या शुरु भएको हो। ह्वावेले भने यस प्रकारको जोखिमको सम्भावनालाई नकार्दै आएको छ।

स्विडेनले आफ्ना दूरसञ्चार कम्पनीहरुलाई २०२५ जनवरी १ भित्र विद्यमान पूर्वाधारबाट ह्वावे र जेडटीईले बनाएका उपकरण हटाइसक्न निर्देशन पनि दिएको छ।

easy care

प्रकाशित: ९ असार २०७९, बिहीबार

ताजा समाचार