भारतमा लोकसभा निर्वाचनको तयारीमा आम आदमी पार्टीको वेबसाइटको शुभारम्भ

Technology Khabar ५ बैशाख २०८१, बुधबार

भारतमा लोकसभा निर्वाचनको तयारीमा आम आदमी पार्टीको वेबसाइटको शुभारम्भ
Global IME Bank

काठमाडौं ।

आशन्न लोकसभा निर्वाचनको तयारीका क्रममा राम नवमीका अवसर पारेर आम आद्मी पार्टीले ‘आपका रामराज्य’ नामक वेबसाइटको शुभारम्भ गरेको छ।

भगवान रामको रामराज्यको प्रेरणाबाट भारतको दिल्ली र पञ्जाबमा राम्रो काम भएको प्रदर्शन गर्ने ध्येयले सञ्चालनमा ल्याइएको वेभसाइट शुभारम्भका लागि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता सञ्जय सिंह, अतिषी, सौरभ भारद्वाज र जस्मिन शाहले सम्बोधन गरेका थिए।

सांसद सञ्जय सिंहले आफ्नो पार्टीको सरकारले गत दसय वर्षमा रामराज्य महसुुस हुने गरी काम गरेको जिकिर गर्दै यी उदाहरणलाई विश्वमाझ प्रस्तुत गरिएको बताए।

सो पार्टीले जनमतका आधारमा अरविन्द केजरीवालको नेतृत्वमा दिल्ली र भगवन्त मानको नेतृत्वमा पञ्जाबमा सरकार सञ्चालन गरिरहेको छ ।

“दिल्ली एकमात्र त्यस्तो राज्य हो, जहाँ धेरै काम हुँदा हुँदै पनि नाफामूलक बजेट कार्यान्वयनमा रहेको छ । यसबाट हामी हाम्रो राम राज्यको सोचलाई कार्यान्वयन तहमा पूरा गराउन प्रतिबद्ध छौँ देखिएको छ ।’’, नेता सिंहले भने, “जसले हाम्रो राम राज्य हेर्न चाहन्छन् । उनीहरुले यो वेभसाइट हेर्नैपर्छ। दिल्ली र पञ्जाबमा हामीले के गर्यौँ भन्ने सबै कुरा यहाँबाट पाउन सकिन्छ।’’

सो पार्टीका नेता अतिषीले भगवान रामले राम राज्यका लागि धेरै सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै केजरीवालले जनतामाझ आफ्ना प्रतिबद्धता पूरा गर्न पनि दिल्ली र पञ्जाबमा त्यस्तै सङ्घर्ष गर्नुपरेको बताईन्।

उनले भने, “भगवान रामले १४ वर्षको निर्वासित जीवन बिताउनुभयो तर उहाँले आफ्नो सत्यको सङ्कल्प तोड्नु भएन । केजरीवाल त्यस्तै सङ्घर्षको चरणबाट अघि बढ्नुभएको छ । यस वेभसाइटबाट हामी देशका जनतालाई यदि सही ठाउँमा जनताले मत दिएमा जीवनस्तर परिवर्तनका लागि हामी के गछौँ भनेर देखाउन खोजेका छौँ ।’’ रासस/एएनआई

Sajilo Visa

प्रकाशित: ५ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार