रियलमीद्वारा नार्जो ३० प्रो फाइभजीका लागि यूआई ३.० ओपन बिटा सार्वजनिक

Technology Khabar १२ असार २०७९, आईतवार

रियलमीद्वारा नार्जो ३० प्रो फाइभजीका लागि यूआई ३.० ओपन बिटा सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले भारतमा नार्जो ३० प्रो फाइभजीका लागि एन्ड्रोइड १२ मा आधारित यूआई ३.० ओपन बिटा सार्वजनिक गरेको छ।

कम्पनीले एन्ड्रोइड १० मा आधारित रियलमी यूआईसहित गत वर्ष सार्वजनिक गरेको थियो।

यसका लागि नार्जो ३० प्रो फाइभजीको सेटिङ्समा गएर सफ्टवेयर अपडेट मेनुमा गएर ट्रायल भर्सन ट्याप गरेर अप्लाइ नाउमा क्लिक गर्नुपर्छ र आवश्यक विवरण भर्नुपर्छ।

उक्त आवेदन स्वीकार भएको खण्डमा डिभाइसमा उक्त अपडेट उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

तर यो ओपन बिटाका लागि निश्चित सङ्ख्यामात्र उपलब्ध भएका कारण छिट्टै आवेदन दिँनेले अपडेट पाउने सम्भावना बढी रहने बुझिएको छ।

यो बिटा भर्सनमा बग अर्थात् समस्याहरु रहेका र यसका कारण मोबाइल डिभाइसलाई समस्या पार्न सक्ने भएकाले अपडेट गर्नुअघि एक पटक सोच्न भने सुझाव दिइएको छ।

easy care

प्रकाशित: १२ असार २०७९, आईतवार

ताजा समाचार