भिभो भि२९ ई फाइभजी स्मार्टफोन जून महिनामा लन्च हुने

Technology Khabar ३ जेष्ठ २०८०, बुधबार

भिभो भि२९ ई फाइभजी स्मार्टफोन जून महिनामा लन्च हुने
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन भिभोले भारतीय बजारको लागि स्मार्टफोनहरूको भिभो भि२९ श्रृंखलामा काम गरिरहेको बताइएको छ। टिपस्टर पारस गुगलानीलाई स्रोतको रूपमा उद्धृत गर्दै, प्राइसबाबाद्वारा नयाँ लीकमा, आगामी भिभो भि२९ ई ५जी को मुख्य विशिष्टताहरू र लन्च टाइमफ्रेम प्रकट गरेको बताइएको छ।

रिपोर्टका अनुसार, भिभो भि २९ ५ ई सँग विश्वव्यापी बजारहरूको लागि भि२३०४ मोडेल नम्बर रहेको बताइएको छ। अघिल्लो रिपोर्टहरूले खुलासा गरे अनुसार  भिभो भि२९ श्रृंखलाले भिभो भि२९ लाइट ५जी ( भि २२४४ मोडेल नम्बर )भिभो भि२९ फाइभजी र भिभो भि२९ प्रो ५ जी जस्ता अन्य मोडेल नम्बरहरू पनि समावेश गर्ने बताइएको छ।

भिभो भि २९ ई ५ जी डाइमेन्सिटी ७००० श्रृंखला चिपसेटले सुसज्जित हुने तथा यो उपकरण ८ जीबी र १२ जीबी र्याम भेरियन्टमा उपलब्ध हुने पनि रिपोर्टले थप खुलासा गरेको बताइएको छ। दुवै मोडेलले २५६ जीबीको आन्तरिक स्टोरेज प्रदान गर्नेछ।

४,६०० एमएएच ब्याट्री जसले ८० वाट फास्ट चार्जिङलाई समर्थन गर्न सक्ने तथा यसले यन्त्रलाई शक्ति प्रदान गर्नेछ। यसमा ६४ मेगापिक्सेल प्राथमिक क्यामेरा हुने तथा फोनको अन्य स्पेसिफिकेशन भने खुल्न बाँकी रहेको  लीकले उल्लेख गरेको बताइएको छ।

रिपोर्टकाअनुसार भिभो भि २९ ई ५ जी जुनमा घोषणा गरिनेछ। यो कालो, सुनौलो र निलो गरी तीन ओटा कलर अप्सनमा आउनेछ।

सम्बन्धित समाचारहरूमा, भिभो भि२९ लाइट ५ जी जुन सिंगापुरको आइएमडिए प्रमाणीकरण र गुगल प्ले कन्सोल मा देखाइएको तथा स्न्यापड्रयागन ६९५ को सुविधा दिने अपेक्षा गरिएको पनि  बताइएको छ।

भिभो भि२९ प्रो डायमेन्सिटी ८२०० पावर्ड भिभो एस १७ प्रो को रिब्रान्डेड संस्करण हुनसक्ने तथा, जुन मे ३० मा चीनमा लन्च हुने चर्चा रहेको बताइएको छ।

Sajilo Visa

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार