Technology Khabar ८ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
ओप्पोले चीनमा रेनो १० शृङ्खलाका प्रिमियम मिडरेन्ज स्मार्टफोनहरू लन्च गर्ने तयारी गरिरहेको छ। प्रिमियम मिडरेन्ज डिभाइसहरू बाहेक, ब्रान्डसँग बजेट मिडरेन्ज डिभाइसहरू पनि निर्माणमा रहेको छ। यसलाई ओप्पो के ११ एक्स भनिएको, जुन ओप्पो के १० एक्सको उत्तराधिकारी रहेको बताइएको छ।
यसको लन्च मिति वा स्पेसिफिकेशनको बारेमा जानकारीको नभएपनि, एक प्रसिद्ध टिपस्टर इभान ब्लासले ट्वीटमार्फत डिभाइसको डिजाइन साझा गरेका छन्। ब्लासद्वारा साझा गरिएको ईमेजअनुसार, के११ एक्सका पछाडि तीन क्यामरा लेन्सहरू रहेका तथा डिभाइसले साइडमा फिंगरप्रिन्ट सेन्सर समावेश गर्नेछ। ईमेजले डिभाइसको लागि निलो र हरियो दुई रङ विकल्पहरू पनि प्रकट गर्ने बताइएको छ।
ओप्पो के १० एक्सले एउटा फराकिलो ६.५९ इन्चको आइपीएस एलसिडी डिस्प्ले प्रदान गर्ने जसले माथिल्लो बायाँ कुनामा राखिएको पञ्च होल कटआउटको कारणले पातलो डिजाइन बुस्ट गर्दछ। यसले १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच नमूना दर, र डिसिआईपी ३ रङ गामुट प्रदान गर्ने बताइएको छ।
कलर ओएस १२.१ को साथ एन्ड्रोइड १२ मा चलिरहेको, डिभाइसले प्रयोगकर्ता अनुकूल इन्टरफेस प्रदान गर्ने तथा यसले सुविधाजनक र सुरक्षित अनलक गर्नको लागि साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर सुविधा दिने पनि बताइएको छ।
सेल्फ पोर्ट्रेट र भिडियो कलहरू खिच्नको लागि, अगाडिको क्यामरा १६ मेगापिक्सेल शूटर रहेको बताइएको छ। पछाडि, ६४ मेगापिक्सेलको मुख्य क्यामरामा डेप्थ र म्याक्रो शटहरूको लागि दुई २ मेगापिक्सेल क्यामराहरू रहेका छन्।
के १० एक्स स्न्यापड्रयागन ६९५ चिपसेटद्वारा संचालित रहेको छ, जसले भरपर्दो कार्यसम्पादन प्रदान गर्नेछ। यो ८ जीबी वा १२ जीबी एलपिडिडिआर ४ एक्स र्याम र १२८ जीबी वा २५६ जीबी युएफएस २.२ भण्डारण्को विकल्पहरुसँग आउने बताइएको छ।
डिभाइस ५,००० एमएएच ब्याट्रीले सुसज्जित रहेको जसले ६७ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने छ। तापक्रम व्यवस्थापन गर्न, यसले हीरा थर्मल कन्डक्टिभ जेल, ग्रेफाइट पाना, र धेरै तापक्रम सेन्सरहरू समावेश गरी हिट डिसिप्सन सिस्टम समावेश गर्ने बताइएको छ।
ओप्पो के १० एक्समा डुअल सिम समर्थन, वाईफाई ८०२. ११ एसी , ब्लुटुथ, सटीक नेभिगेसनको लागि जीपीएस, छिटो डाटा स्थानान्तरणको लागि युएसवी सी-पोर्ट, तथा सुविधाजनक अडियो जडानको लागि ३.५ एमएम अडियो ज्याकसहित आवश्यक जडान विकल्पहरू रहेका छन् । लन्च मे २४ मा हुने बताइएको छ।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार