सामसङ इलेक्ट्रोनिक्सद्वारा कीर्तिमान: फाइभजी नेटवर्कमा १ जीबी डाटा १० सेकेन्डमा अपलोड

Technology Khabar १ कार्तिक २०७८, सोमबार

सामसङ इलेक्ट्रोनिक्सद्वारा कीर्तिमान: फाइभजी नेटवर्कमा १ जीबी डाटा १० सेकेन्डमा अपलोड

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले फाइभजी मोबाइल कम्युनिकेशन टेक्नोलोजीको सहायतामा अपलोडको नयाँ स्पीडको विश्व कीर्तिमान बनाएको छ।

कम्पनीका अनुसार उसले अमेरिकी मोबाइल क्यारियर भेरिजोन तथा टेलिकम्युनिकेशन टेक्नोलोजी कम्पनी क्वालकमसँग मिलेर अमेरिकाको टेक्ससमा फाइभजी परीक्षणका क्रममा ७११ एमबीपीएस क्षमताको अपलोड स्पीड दर्ता गरेको छ।

हालसम्म यति स्पीडको अपलोड क्षमता कुनै प्रोभाइडरले उपलब्ध गराउन सकेका छैनन्। यो स्पीड हालसम्म विश्वमा उपलब्ध सबैभन्दा तीव्र गतिको दोब्बरको हाराहारीमा रहेको पाइएको छ।

यो क्षमताको स्पीडले आउँदा दिनमा ब्लगर, यूट्युबर तथा भिडियो सामग्री सर्जक तथा उत्पादकहरुलाई आफ्ना कन्टेन्ट अपलोड गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यो परीक्षणका क्रममा क्यारियर एग्रिगेशन टेक्नोलोजी उपयोगमा ल्याइएको थियो। यसले २०० मेगाहर्जको हालको ब्यान्डविथलाई झण्डै दोब्बर बनाइएको थियो।

यो प्रविधिमा सामसङ इलेक्ट्रोनिक्सको एमएम वेब कम्प्याक्ट म्याक्रो डिभाइसमा दुईभन्दा बढी आवृत्त ब्यान्डको उपयोग गरिन्छ।

यसबाहेक मल्टिपल इनपुट तथा आउटपुट अर्थात् एमआईएमओ प्रणालीको मद्दतले तीव्र गतिमा अपलोड गर्न सहयोग पुर्याउँछ।

सामसङ इलेक्ट्रोनिक्सले यो प्रवधिमार्फत् हाइ क्वालिटी भिडियोलाई क्लाउड तथा एसएनएस कतै पनि र कहीँबाट पनि अपलोड गर्न सकिने बताएको छ। ‍

easy care

प्रकाशित: १ कार्तिक २०७८, सोमबार

ताजा समाचार