Technology Khabar २ जेष्ठ २०८०, मंगलवार
काठमाडौं ।
२०२१ मा एयर ट्याग्सको परिचयसंगै ‘वेयरेबल टेक्नोलोजी’ बजारमा एप्पलको आक्रामक परिवर्तनले फड्को मारेको बताइएको छ।
यी साना ट्र्याकिङ यन्त्रहरूले सजिलैसँग आफ्ना सामानहरू पत्ता लगाउन अनुमति दिएपछि एप्पलका उत्साहीहरूका बीचमा हिट भएको छ। युरोपमा भर्खरै पत्ता लागेको पेटेन्ट आवेदनअनुसार एप्पलले फेरि एकपटक ‘वेयरेबल ट्याग’ भनिने एउटा नयाँ प्रकारको एयरट्यागमा काम गरिरहेकोछ।
प्याटेन्ट निवेदनमा एप्पलले वर्णन गरेअनुसार ‘वेयरेबल ट्याग’ प्रयोगकर्ताको शरीर वा कपडाको विभिन्न भागहरूमा राख्नको लागि तथा विभिन्न स्वास्थ्य सम्बन्धित कार्यहरूको लागि डिजाइन गरिएको हो। यसले निगरानी तथा सन एक्सपोजर ट्र्याकिङदेखि शारीरिक थेरापी सहायता, फल डिटेक्सन र फिटनेस तथा गतिविधि ट्र्याकिङसम्म विभिन्न सम्भाव्यताहरू रहेको पनि बताइएको छ। ‘वेयरेबल ट्याग’ले सही र व्यापक डाटा सङ्कलन सुनिश्चित गर्दै, यो प्रयोग भइरहेको विशिष्ट स्वास्थ्य सम्बन्धित कार्यहरुको आधारमा विभिन्न सेन्सरहरू समावेश गर्ने बताइएको छ।
प्याटेन्ट एप्लिकेसनले प्रयोगकर्ताहरूले आईफोन जस्ता इलेक्ट्रोनिक उपकरण मार्फत ‘वेयरेबल ट्याग’ कन्फिगर र नियन्त्रण गर्न सक्ने तथा डिभाइसले प्रयोगकर्ताको शरीरमा रहेको ट्यागको स्थान मात्र निर्धारण नगरेर बरु प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यसँग सम्बन्धित कार्य चयन गर्न पनि अनुमति दिने बताइएको छ। ‘वेयरेबल ट्याग’ ले त्यसपछि सेन्सर डाटा जम्मा गर्ने तथा विश्लेषण र प्रतिक्रियाको लागि इलेक्ट्रोनिक उपकरणमा रिले गर्नेछ।
एप्पलको ‘वेयरेबल ट्याग’ नाडी, हात, औंला, घाँटी, कम्मर, खुट्टा, वा अन्य शरीरका विभिन्न अंगहरू तथा , उपयुक्त क्षेत्रहरूमा लगाउन मिल्ने र आईफोन एपल वाचेज तथा आईप्याड जस्ता डिभाइसहरूसँग सञ्चार गर्न सकिने पनि बताइएको छ।
प्याटेन्टले ‘वेयरेबल ट्याग’ को डिजाइन पनि प्रकट गरेको छ। यसमा प्लाष्टिक, ग्लास, सिरेमिक, धातु, कपडा, वा यिनीहरूको संयोजनसहित विभिन्न सामग्रीहरूबाट बनाइनेछन् जसले सहज र अनुकूलन योग्य प्रयोगकर्ता अनुभवको लागि अनुमति दिनेछ।
पेटेन्ट भने २०२० को रहेको तथा गोपनीयता कायम राख्न एप्पलका इन्जिनियरहरूको नाममा दायर गरिएको थियो। एक पटक प्याटेन्ट प्रदान गरेपछि, एप्पलको नाम आधिकारिकरूपमा अमेरिकी प्याटेन्टमा पनि देखा पर्ने बताइएको छ।
प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार