यस्ता हुनेछन् यो वर्ष आउने सस्तो फाइभजी आईफोन एसई ३ का विशेषता

Technology Khabar २६ पुष २०७८, सोमबार

यस्ता हुनेछन् यो वर्ष आउने सस्तो फाइभजी आईफोन एसई ३ का विशेषता

काठमाडौं ।

एप्पलले यो वर्ष सस्तो आईफोन एसई ३ ल्याउने चर्चा निकै चलेको छ। यो स्मार्टफोन सन् २०२२ को पहिलो ६ महिनाभित्रै आइसक्ने आकलन गरिएको छ।

तेस्रो जेनेरेशनको यो फोन एप्पलको हालसम्मकै सस्तो फाइभजी डिभाइस हुनसक्ने भएकाले करोडो एन्ड्रोइड यूजरहरुले यतातिर आउनसक्ने विश्लेषकहरुको अनुमान छ।

डिजाइनका हिसाबले आईफोन एसई ३ मा हालकै एसईजस्तै हुनेछ। मिङ चि कुओ लगायतका विश्लेषकहरु यो फोन पहिले झैं ४.७ इन्चको एलसीडी स्क्रीनयुक्त हुने र झट्ट हेर्दा आईफोन ८ जस्तै देखिनेछ।

जापानी ब्लक माकोटाकारा तथा विश्लेषक कुओका अनुसार यसमा आईफोन १३ मा झैं ए१५ बायोनिक चिप रहनेछ। यसबाहेक यो ६४ र १२८ जीबी आन्तरिक स्टोरेज भर्सनमा उपलब्ध हुनेछ।

क्यामराका हिसाबले यसमा पछाडि एउटा मात्रै क्यामरा रहनसक्ने आकलन गरिएको छ। तर सेल्फी र पछाडिको क्यामरा कति मेगापिक्सेलको हुनेछ भन्नेबारेमा जानकारी दिइएको छैन।

यसको अर्को विशेषता भनेको सस्तो मूल्य भइकन फाइभजी कनेक्टिभिटी उपलब्ध हुनु हो।

ट्रेन्डफोर्सको रिपोर्ट अनुसार आईफोन एसई ३ यो वर्षको पहिलो त्रैमास अर्थात् मार्च महिनासम्म बजारमा आइसक्नेछ। फाइभजी कनेक्टिभिटीयुक्त यो डिभाइसको मूल्य ३९९ डलर आसपास रहनसक्ने विश्लेषकहरुको भनाइ छ।

easy care

प्रकाशित: २६ पुष २०७८, सोमबार

ताजा समाचार