भिभोले आगामी दिनमा भी २९ श्रृंखला ल्याउने योजनामा

Technology Khabar ५ असार २०८०, मंगलवार

भिभोले आगामी दिनमा भी २९ श्रृंखला ल्याउने योजनामा

काठमाडौं ।

भिभोले आगामी दिनहरूमा भी २९ श्रृंखला अनावरण गर्ने अपेक्षा गरिएको छ। यो शृङ्खलाले भिभो भी २९, भिभो  भी २९ प्रो, र भिभो भी २९ लाइट गरि तीनवटा डिभाइसहरु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यी तीन डीभाइसहरु मध्ये, भी २९ मोडेल पहिले नै गिक्बेन्चका साथ साथै ब्लुटुथ एसआइजी वेबसाइटमा पनि देखा परेको छ। यसको आगामी ग्लोबल लन्चको संकेत गर्दै उपकरणले आइएमडीए प्रमाणीकरणको पनि सङ्केत
गरेको बताइएको छ।

मोडेल नम्बर भी २२५० द्वारा पहिचान गरिएको भिभो भी २९ ५ जी, हालै आइएमडीए प्रमाणीकरण वेबसाइटमा देखा परेको बताइएको छ ।

प्रमाणीकरण अनुसार, डिभाइस डब्ल्यूएलएएन, ब्लुटुथ, र एनएफसीको लागि समर्थनका साथमा आउनेछ। यसले भिभो भी २९ फाइभजी सिंगापुरमा जारी हुने  छ। प्रमाणीकरणमा थप विवरणहरू भने खुलासा गरीएको छैन।

गीकबेन्चको भी २९ ५जीको सूचीले खुलासा गरे अनुसार यसले क्वालकम स्न्यापड्रयागन ७७८ जी प्लस प्रोसेसर फिचर गर्नेछ । यो ८ जीबीको र्यामसंग सुसज्जित हुने तथा एन्ड्रोइड १३ अपरेटिङ सिस्टममा काम गर्ने अपेक्षा गरिएको बताइएको छ।

भर्खरैको खुलासा अनुसार  भिभो भी २९ प्रो ५ जीले एक घुमाउरो ६.७ इन्च ओएलइडी डिस्प्ले युक्त तथा डिस्प्लेले एफएचडी प्लस रिजोल्युसन र प्रभावशाली १२० हर्ट्ज रिफ्रेस दर प्रदान गर्नेछ। उपकरण डाइमेन्सिटी ८२०० चिपसेटद्वारा संचालित हुनसक्ने बताइएको छ।

भिभो भी २९ प्रो ५ जी पर्याप्त १२ जीबी र्याम र २५६ जीबीको भण्डारण क्षमताको साथ आउने अपेक्षा गरिएको छ। यो ५००० एमएएच ब्याट्रीसँग सुसज्जित हुनेछ जसले ६६ वाट द्रुत चार्जिङलाई समर्थन गर्नेछ।

त्यस्तै फोनमा उच्च रिजोल्युसन ५० मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा हुने तथा रियर क्यामरा सेटअपमा अप्टिकल इमेज स्टेबिलाइजेसन  (ओआइएस ) सपोर्टको साथ ६४ मेगापिक्सेल लेन्स समावेश हुनेछ। यो डिभाइस फन टच ओएस १३ मा चल्नेछ, जुन पछिल्लो एन्ड्रोइड १३ अपरेटिङ सिस्टममा आधारित रहेको बताइएको छ।

easy care

प्रकाशित: ५ असार २०८०, मंगलवार