आईफोनमा यूएसबी सी केबलको कार्यक्षमता सीमित नगर्न एप्पललाई ईयूको चेतावनी

Technology Khabar २७ बैशाख २०८०, बुधबार

आईफोनमा यूएसबी सी केबलको कार्यक्षमता सीमित नगर्न एप्पललाई ईयूको चेतावनी
Global IME Bank

काठमाडौं ।

एप्पलको आगामी आईफोन १५ मोडेलहरूमा यूएसबी टाइप सी पोर्ट रहने अपेक्षा गरिएको र उक्त आईफोन १५ मोडेलहरूमा जडान गरिएका अनसर्टिफाइड यूएसबी सी केबलहरूको कार्यक्षमता सीमित नगर्न युरोपेली संघ (ईयू) ले एप्पललाई चेतावनी दिएको छ।

एप्पलले आफ्नो “मेड फर आईफोन“ (एमएफआई) प्रोग्राम अन्तर्गत प्रमाणित नभएको यूएसबी–सी केबल्सको चार्जिङ गति र अन्य फिचरहरुमा प्रतिबन्ध लगाउने योजना बनाउन सक्छ भन्ने अफवाहहरू बाहिर आएपछि ईयूको चेतावनी आएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

गत वर्ष ईयूले आफ्नो क्षेत्रमा बिक्री गर्नका लागि आईफोनसहित अन्य तारयुक्त चार्जिङ्ग डिभाइसहरूमा यूएसबी–सी पोर्ट हुनुपर्ने कानून पारित गरेको थियो। एप्पलसँग ईयूको उक्त कानूनको पालना गर्नको लागि डिसेम्बर २०२४ सम्मको समय रहेको र कम्पनीले यस वर्ष पछि आईफोन १५ मोडलहरूबाट लाइटनिङ्गबाट यूएसबी टाइप सी मा स्विच गर्ने अपेक्षा गरिएको छ।

आईफोन १५ मोडलहरूको यूएसबी–सी पोर्टमा अथेन्टिकेसन (प्रमाणीकरण) चिप समावेश गरिने र यसले जडान गरिने यूएसबी–सी केबलको प्रमाणिकता पुष्टि गर्ने रिपोर्टले सुझाएको बताइएको छ। साथै यस चिपले एमएफआई–सर्टिफाइड चार्जरहरूले फास्ट चार्जिङ्ग पर्फमेन्स (छिटो चार्ज गर्ने कार्यसम्पादन) को अप्टिमाइजलाई सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

अनसर्टिफाइड यूएसबी–सी केबलहरूको कार्यक्षमता सीमित गर्ने एप्पलको योजनाको अफवाहको प्रतिक्रिया स्वरुप युरोपेली आयुक्त थियरी ब्रेटनले पत्रमार्फत एप्पलको त्यस्ता कार्यहरूलाई अनुमति प्रदान नगरिने र कानून लागु भइसकेपश्चात ईयूमा आईफोनहरू बिक्री गरिनबाट रोकिने चेतावनी दिएका छन्। ईयूले यस वर्षको तेस्रो त्रैमासिकसम्ममा कानूनको “युनिफर्म इन्टरप्रिटेसन” सुनिश्चित गर्नको लागि गाइड प्रकाशित गर्न चाहेको उल्लेख गरिएको छ।

एप्पलले आईफोन १५ मोडलहरूमा जडान गरिने भएका अनसर्टिफाइड (अप्रमाणित) यूएसबी–सी केबलहरूको कार्यक्षमतालाई सम्भावित रूपमा सीमित गर्ने भन्ने विषय यस बिन्दुमा अफवाह मात्र भएको नोट गर्नु महत्त्वपूर्ण रहेको बताइएको छ। साथै यसले थर्ड–पार्टि एसेसरिज र कन्जुमर च्वाइसमा सम्भावित सीमितताहरूले पर्ने प्रभावको बारेमा उपभोक्ताहरू र उद्योग पर्यवेक्षकहरूबीच चासो बढाएको उल्लेख गरिएको छ।

यदि एप्पल उक्त कथित योजनाको साथ अगाडि बढेको खण्डमा भने यसले थर्ड–पार्टि एसेसरिज मार्केटमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ। साथै यो एप्पल इकोसिस्टमको मुख्य भाग भएको बताइएको छ।

उपभोक्ताहरूले सीमित विकल्पहरू र उच्च मूल्यहरूको सामना गर्नुपर्ने अवस्थाको सिर्जना गर्न सक्ने र यसले गर्दा बजारमा प्रवेश गर्न खोज्ने साना एसेसरिज निर्माताहरूलाई थप अवरोधहरू पनि सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार