सिक्सजी नेटवर्क २०३० सम्म उपलब्ध हुने नोकियाको अपेक्षा

Technology Khabar १५ जेष्ठ २०७९, आईतवार

सिक्सजी नेटवर्क २०३० सम्म उपलब्ध हुने नोकियाको अपेक्षा

काठमाडौं ।

फाइभजी नेटवर्क विश्वभर उपलब्ध नभइसकेको अवस्थामा आगामी पुस्ताको सिक्सजी नेटवर्कको चर्चा चुलिन थालेको छ।

क्वालकम, एप्पल, गुगल, एलजीलगायत केही कम्पनी ६जी नेटवर्क विस्तारमा लागेका छन्। यस अभियानमा नोकिया पनि जोडिएको गिज्मोचाइनाले लेखेको छ।

नोकियाका सीईओ पेक्का लुन्डमार्कले मंगलबार डाभोसमा आयोजित वल्र्ड इकोनोमी फोरमा यो दशकको अन्त्यसम्ममा ६जी नेटवर्क व्यवसायीकरुपमा उपलब्ध हुने बताएका हुन्। उनले बताएको समय अवधि ६जी प्रविधिको बारेमा ह्वावेले गरेको अनुमानसँग मिल्दोजुल्दो छ।

साथै उनी निकट भविष्यमा स्मार्टफोन निर्विकल्प सबैभन्दा उत्कृष्ट डिभाइन नहुने दावी गर्छन्। हाल धेरै मानिसले स्मार्टफोनलाई प्रविधिसँग जोडिने कडीका रुपमा प्रयोग गरिरहेका छन्। आगामी दिनमा स्मार्टफोनलाई अर्कै डिभाइसले विस्तापित गर्नेछ।

मोबाइल फोनको शुरुवाती दिनमा नोकियाका फोन सबैभन्दा चर्चित थियो।

easy care

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार