Technology Khabar १५ भाद्र २०७८, मंगलवार
काठमाडौं ।
ह्वावेको आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएसका यूजर ७ करोड पुगेका छन्।
गत जुनमा सार्वजनिक भएको यो आफ्नै अपरेटिङ सिस्टमका यूजर ३ हप्ताअघि ५ करोड पुगेका थिए भने गत जुलाई २९ सम्म जम्मा ४ करोड हाराहारी थिए।
गत जुनमा कम्पनीका सीईओले १०० मोडलका डिभाइसमा हार्मोनीओएसको स्टेबल भर्सन उपलब्ध गराउने घोषणा गरेकोमा यो योजना लगभग पूरा हुन आँटेको चीनका समाचार संस्थाहरुले जनाएका छन्।
सोमबार कम्पनीले हार्मोनीओएसका ७ करोड यूजर पुगेको अवसरमा १०० मोडलमा यो अपडेट उपलब्ध भएको आधिकारिक घोषणा गरेको हो।
यूजरहरुले गत अप्रिलदेखि हार्मोनीओएसमा स्विच गर्न मिल्ने भए पनि यसको सबैभन्दा ठूलो ब्याचलाई भने जुन २ मा हार्मोनीओएस प्लेटफर्म प्रदान गरिएको थियो।
यो अपरेटिङ सिस्टम शुरुवात भएको ३ महिनाभित्रै ७ करोड प्रयोगकर्ता पुगेका छन्। यसका अधिकाँश प्रयोगकर्तामा चीनभित्र र अन्य देशमा रहेका अनर र ह्वावे डिभाइस भएकाहरु छन्।
सम्बन्धित समाचार
ह्वावेको अर्को कीर्तिमान, हार्मोनीओएस प्रयोगकर्ता ५ करोड नाघे
ह्वावेको हार्मोनीओएसमा १ लाख ३४ हजार एप उपलब्ध, ४० लाख डेभलपर जोडिए
हार्मोनीओएसमा माइग्रेट भएपछि पनि डिभाइसहरुले सबै डाटा सुरक्षित राख्ने
ह्वावेले निकाल्यो हार्मोनीओएसमा जाने स्मार्टफोनहरुको पहिलो सूची
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार