ह्वावेको अर्को कीर्तिमान, हार्मोनीओएस प्रयोगकर्ता ५ करोड नाघे

Technology Khabar २६ श्रावण २०७८, मंगलवार

ह्वावेको अर्को कीर्तिमान, हार्मोनीओएस प्रयोगकर्ता ५ करोड नाघे

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले विकास गरेको हार्मोनीओएसका प्रयोगकर्ता ५ करोड नाघेका छन्।

हालै सीसीटीभी न्युज च्यानलमा आएको रिपोर्ट अनुसार अगस्ट ६ तारिखसम्म ह्वावेको हार्मोनीओएस २ सिस्टम अपग्रेड गर्ने यूजरहरुको सङ्ख्या ५ करोड नाघेको छ।

गत जुलाइ २९ सम्ममा हार्मोनीओएस २ का एक्टिभ यूजर ४ करोड हाराहारी मात्र थिए। यस हिसाबले हेर्दा १ हप्ताको अवधिमा अरु १ करोड हाराहारीमा थपिएका छन्।

ह्वावे तथा हार्मोनीओएसका लागि यो अर्को कीर्तिमान भएको बुझिएको छ।

कम्पनीका कार्यकारी निर्देशक, कन्जुमर बीजीका सीईओ तथा क्लाउड तथा एआई बीजीका अध्यक्ष यु चेङदोङले पहिले ह्वावे मेट ९, पी१० तथा अन्य मोडलमा पनि हार्मोनीओएस २ अपडेट हुने बताएका थिए।

कम्पनीले जुन २ तारिखमा आधिकारिक रुपमा सार्वजनिक गर्दा नै कम्पनीको इतिहासमै सबैभन्दा ठूलो अपग्रेड योजना पनि अगाडि ल्याएको थियो।

कम्पनीले आगामी वर्षको पहिलो ६ महिनाभित्रमा १०० ओटा डिभाइसहरुमा हार्मोनीओएस अपग्रेड गर्ने बताएको छ। ती डिभाइसमा ह्वावे तथा अनरका स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्क्रीन तथा अन्य रहेका छन्।

easy care

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार