ह्वावेले निकाल्यो हार्मोनीओएसमा जाने स्मार्टफोनहरुको पहिलो सूची

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

ह्वावेले निकाल्यो हार्मोनीओएसमा जाने स्मार्टफोनहरुको पहिलो सूची

काठमाडौं ।

ह्वावेको हार्मोनीओएस सार्वजनिक हुने संघारमा कम्पनीले हालै उक्त प्लेटफर्ममा जाने स्मार्टफोनहरुको सूची तयार पारेको छ। यो प्लेटफर्मको आधिकारिक शुरुवाट आगामी जुन २ का दिन हुन गइरहेको छ।

कम्पनीले एण्ड्रोइडको सट्टा ल्याउन लागेको उक्त प्लेटफर्ममा यस वर्षको अन्त्यसम्ममा ३ अर्ब डिभाइसमा हार्मोनीओएस पुर्याउने महत्वाकांक्षी योजना बनाएको छ।

यो महत्वाकांक्षी योजना साकार पार्न नयाँ आउने डिभाइसले महत्वपूर्ण भूमिका खेल्ने आकलन गरिएको छ। यसैबीच कम्पनीले जुन २ को इभेन्टका टिजरहरु पोस्ट गर्न थालेको छ जसमा आउँदै गरेका मेटप्याड प्रो २ तथा ह्वावे वाच ३ अग्रपंक्तिमा छन्। यिनीहरु इन बिलुट रुपमै हार्मोनीओएससहित ल्याउनका लागि उत्पादन पछाडि सारिएको थियो।

यसबाहेक अहिले एन्ड्रोइडमा रहेका डिभाइसलाई हार्मोनीओएसमा सार्नमा कम्पनी केन्द्रित हुनेछ। यो प्रक्रिया पनि छिटोमा आगामी जुन २ पछि शुरु हुने बुझिएको छ।

एन्ड्रोइडमा रहेका डिभाइसलाई हार्मोनीओएसमा जानका लागि तयार गरिएको सूची बाहिर आएको भनिए पनि यसबारे कम्पनीले नै आधिकारिक घोषणा गर्न बाँकी छ जुन आगामी इभेन्टमै आउने अपेक्षा गरिएको छ।

यस्तो छ सूची:

मेट४०, मेट४० प्रो, मेट४० प्रो+, मेट४० आरएस, मेट एक्स २, नोभा ८, नोभा ८ प्रो र मेटप्याड प्रो

कम्पनीले अफलाइन स्टोरमा भएका थुप्रै फोनको अपरेटिङ सिस्टम परिवर्तन गरिसकेको र आउँदा अपरेटिङ सिस्टम परिवर्तन ब्याचहरु पनि छिट्टै शुरु हुने बुझिएको छ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार