हार्मोनीओएसमा माइग्रेट भएपछि पनि डिभाइसहरुले सबै डाटा सुरक्षित राख्ने

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

हार्मोनीओएसमा माइग्रेट भएपछि पनि डिभाइसहरुले सबै डाटा सुरक्षित राख्ने

काठमाडौं ।

ह्वावेले चीनमा हार्मोनीओएस २ सार्वजनिक गरिसकेको छ भने र यसले हालै १ करोड डिभाइसको कोहेढुंगो पनि पार गरिसकेको छ।

चीनमा सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै कम्पनीका अधिकारीहरुले अपग्रेड प्रक्रियाका बारेमा एउटा महत्वपूर्ण जानकारी दिएका छन्।

अन्य अपरेटिङ सिस्टमबाट हार्मोनीओएसको फर्मवयरमा जाँदा डिभाइसमा रहेका सबै यूजरका विवरण, गेम, फोटो तथा एपहरु सकुशल रहन्छन् र सजिलै र विना कुनै त्रुटि आफ्ना डाटाहरुलाई प्रयोग गर्न सकिनेछ।

हार्मोनीओएस २ हाल पब्लिक बिटाका दलागि साइन अप गरेका यूजरहरुका लागि अन्तिम रोलआउटका क्रममा रहेको छ भने केहीका लागि भने यो अझै इन्टर्नल बिटा तहमै छ।

कम्पनीले यसको विश्वव्यापी अन्तिम रोलआउटका लागि छिटोछिटो काम हुँदै जाने अपेक्षा गरेको छ।

एन्ड्रोइडमा प्लेस्टोर भए झैं यसमा ह्वावेको आफ्नै एपग्यालरी छ जसमा राखिएका एपहरु प्रयोगका लागि डाउनलोड गर्न सकिन्छ।

ह्वावेबाट छुट्टिनुअघि उत्पादन भएका फोनमा भने एन्ड्रोइडकै निरन्तरता तथा हार्मोनीओएसमा जाने दुवै अप्शन रहने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार