ह्वावेको हार्मोनीओएसमा १ लाख ३४ हजार एप उपलब्ध, ४० लाख डेभलपर जोडिए

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

ह्वावेको हार्मोनीओएसमा १ लाख ३४ हजार एप उपलब्ध, ४० लाख डेभलपर जोडिए

काठमाडौं ।

ह्वावेको हार्मोनीओएस २ अपरेटिङ सिस्टममा हालसम्मा १ लाख ३४ हजार एपहरु रहेका र लगभग ४० लाख डेभलपरले यसमा साइन अन गरिसकेका कम्पनीले जनाएको छ।

हार्मोनीओएस इन्स्टल गरेका डिभाइसमा यूजरहरुको एप तथा डाटा पनि सकुशल रहने बुझिएको छ। गुगल प्ले सर्भिसमा आधारित बाहेक अन्य एप र डाटा जस्ताको तस्तै रहने बताइएको छ।

हाललाई एन्ड्रोइडमा रहेका एप्लिकेशनहरुलाई यसले सपोर्ट गर्ने र आउँदा दिनहरुमा कम्पनीले आफ्नै एपहरु डिजाइन गर्ने योजनामा रहेको छ।

यसैबीचमा ह्वावेले आफ्नो प्लेटफर्ममा ४० लाख डेभलपरले साइन अन गरिसकेको र एचएमएस कोरमा अहिले १ लाख ३४ हजार एपहरु रहेका जानकारी दिएको हो।

एचएमएस कोर लगातार परिमार्जन भइरहने र बिहीबार ह्वावे क्लाउड सपोर्ट गर्ने गरी यसको ६.० भर्सन पनि सार्वजनिक भइसकेको छ।

१० लाख डलर पुरस्कार रहेको यो प्रतियोगितामा चीन यूरोपप ल्याटिन अमेरिका एसिया प्रशान्त क्षेत्र मध्यपूर्व तथा अफ्रिकाका सयो डेभलपरले भाग लिएका थिए। यसबाहेक कम्पनीले बजारीकरण सहयोग, क्लाउड स्रोत तथा एचएमएस कोरको भुक्तानी प्रणाली प्रयोगका बेला सहुलियतजस्ता प्रायोगिक पुरस्कारको व्यवस्था पनि गरेको थियो।

easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार