हालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रका नीतिहरुलाई समेटेर एकीकृत नीति ल्याईँदै

Technology Khabar ८ माघ २०७७, बिहीबार

हालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रका नीतिहरुलाई समेटेर एकीकृत नीति ल्याईँदै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

-अनुज राज

सरकारले नेपालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रलाई समेटेर एकीकृत नीति ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा रहेका सबै नीतिहरुलाई एकै स्थानमा ल्याएर एकीकृत नीति बनाउने भएको हो ।

हालको ब्रोडब्याण्ड नीति २०७१, सूचना तथा सञ्चार प्रविधि नीति २०७२ र दूरसञ्चार नीति २०६० तथा बनिरहेको साइबर सुरक्षा नीतिलाई एकिकृत गरेर छाता नीतिको रुपमा नयाँ नीति ल्याउने भएको हो । यसको लागि मन्त्रालयले औपचारिकरुपमा नै छलफल चलाईरहेको जानकारी दिएको छ।

मन्त्रालयले यसअघि नै ब्रोडब्याण्ड नीति, सूचना प्रविधि नीति र दूरसञ्चार नीतिको समीक्षा गरिरहेको छ भने त्यसका हालसम्मका उपलब्धिहरु तथा कमी कमजोरीहरु र लक्ष्यहरुको अवस्थालाई औल्याएर नयाँ नीति बनाउन लागेको हो ।

सोह्र वर्षपछि पहिलो पटक दूरसञ्चार नीति समीक्षा गरिँदै, प्रविधि परिवर्तन र उपयोगलाई हेरिँदै

हालका नीतिहरुको समीक्षा गर्न मन्त्रालयले छुट्टाछुट्टै कार्यदल बनाएर समीक्षा गराईरहेको छ।

ब्रोडब्याण्ड इन्टरनेट २५ एमबीपीएसभन्दा माथिलाई मात्र मान्ने तयारी, ब्रोडब्याण्ड नीति समीक्षा हुँदै

सूचना तथा सञ्चार सचिव हरिप्रसाद बस्यालले हालका नीतिहरुको समीक्षा पुरा गरिएको तर औपचारिकरुपमा प्रतिबेदन नआईसकेको जानकारी दिए ।

‘हामीले यस क्षेत्रका लागि मन्त्रालयबाट मुख्यगरि ४ वटा नीति बनाउनुपर्ने हुन्छ र हालका केहि नीतिहरु निकै पुराना भएको हुँदा समय सन्दर्भ र हालको प्रविधि मैत्री एकीकृत नीति बनाउन छलफल अगाडि बढाएका छौं,’ सचिव बस्यालले भने ।

उनले अहिलेको समयमा देशभर कनेक्टिभिटी, दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच पुर्याउनुपर्ने अवस्था रहेको भन्दै यसलाई समेट्नेगरि नयाँ नीति बनाईने बताए ।

‘डिजिटल नेपालको अभियानलाई अगाडि बढाउँदैछौं र त्यसको लागि सस्तोमा गुणस्तरीय सेवा आवश्यक हुन्छ, समाज र सरकारलाई नै पेपरलेस र डिजिटल बनाउनका लागि समेत नयाँ नीतिले सहयोग गर्नेछ,’ उनले भने ।

मन्त्रालयले नयाँ नीति बनाउनका लागि कार्यतालिका बनाउँदैछ भने आवश्यकताअनुसार विज्ञहरुसँग समेत छलफल गर्नेछ । नयाँ नीतिले हालका सो क्षेत्रका मुख्य चार वटा नीतिहरुलाई प्रतिस्थापन गर्नेछ।

मन्त्रालयकाअनुसार नयाँ एकीकृत नीतिको मस्यौदा चालु आव भित्रै ल्याउने तयारी गरिएको छ ।

यो पनि हेर्नुस्-

यसरी सजिलै आफ्नो प्यान नम्बर नागरिक एपबाट लिनुस्, फलो गर्नुस् यी स्टेपहरु

easy care

प्रकाशित: ८ माघ २०७७, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार